क्यानडाबाट फर्केर काठमाडौंमा श्रीमान श्रीमतीले गरे आत्महत्या
काठमाडौं । काठमाडौंको सिनामंगलस्थित होटेल जन्मभूमिको एकै कोठामा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन् ।
सुनसरीका ३४ वर्षीय रमेश माझी र मोरङकी शर्मिलाकुमारी माझीको शव फेला परेको प्रहरीले जनाएको छ ।
शनिबार साँझ होटलको चौथो तलाको कोठमा नम्बर १२० भाडामा लिएर बसेका उनीहरु घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
उनीहरू हिजो शनिबार मात्रै क्यानडाबाट फर्केको खुलेको छ । सन् २०२२ मा क्यानडा गएका उनीहरू २ वर्षपछि शनिबार काठमाडौं फर्केका थिए ।
प्रहरीका अनुसार होटलको बरण्डाको रेलिङमा सेतो रङको कपडाको सलले घाँटीमा पासो लगाएको अवस्थामा उनीहरुको शव भेटिएको हो । केही पारिवारिक कारण आत्महत्या गरको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।