परराष्ट्रको कामु सचिव बने अमृत राई
परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई कायम मुकायम सचिव तोकिएका छन् ।
मन्त्रिपरिषद्को बिहीबार साँझ सिंहदरबारमा बसेको बैठकले उनलाई कायममुकायम मुकरर गर्दै राजदूत सिफारिस भएकी हालकी सचिव सेवा लम्साललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको हो ।
कायममुकायम तोकिएका राई परराष्ट्रको प्रवक्ताको पनि जिम्मेवारीमा रहेका थिए ।
लम्साललाई बेल्जियमको राजदूत सिफारिस गरेको थियो । उनको संसदीय सुनुवाई हुन बाँकी रहेको छ ।
राजदूत सिफारिस गरेपछि लम्सालको अहिले प्रधानमन्त्री कार्यालय सिफारिस गरिएको छ ।