नेपाल र विदेशस्थित नेपाली नियोगमा राहदानी सेवा प्रभावित
काठमाडौं । राहदानी सेवा प्रवाह प्रभावित बनेको छ । राहदानी विभागले शुक्रबार सूचना निकालेर केही दिनदेखि राहदानीको तथ्यांक व्यवस्थापनमा समस्या देखिएकोले सेवा प्रभावित बनेको उल्लेख गरेको छ ।
राहदानी विभाग, जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगमा राहदानी सेवा प्रवाह प्रभावित हुन पुगेको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
समस्या समाधान गर्न प्राविधिकहरूले निरन्तर काम गरिरहेको पनि विभागको भनाइ छ ।
विहीबार मात्रै अमेरिकास्थित नेपाली राजदूतावासले कम्प्युटरमा भाइरस पसेर राहदानीका लागि सानफ्रान्सिस्कोमा घुम्ती शिविर स्थगित गरेको जनाएको थियो ।
राहदानी विभागमा यस विषयमा थप जानकारी लिन खोज्दा अधिकारीहरु सम्पर्कमा आउन चाहेनन् । कल सेन्टरबाट भने सबै ठाउँको सेवा प्रभावित भएको त्यहाँका कर्मचारीले बताए ।














एनआरएन र सरकारको संयुक्त लगानीमा बन्ने इन्भेस्टमेन्ट कम्पनीहरूले अब शेयर निष्कासन गर्न पाउने
November 22, 2024 @ 11:37 am
[…] राहदानीको पीडा […]