राष्ट्रपतिबाट चीनसहित चार देशका राजदूतले लिए सपथ
काठमाडौं । चार देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आइतबार राष्ट्रपतिको कार्यालय महाराजगन्जमा आयोजित एक समारोहमा नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
नवनियुक्त राजदूतहरूमा पाकिस्तानका लागि रीता धिताल, कतारका लागि रमेशचन्द्र पौडेल, इजरायलका धनप्रसाद पण्डित र चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीले शपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
शपथ लिएसँगै केही दिनमा उनीहरु सम्वन्धित देशमा पदभारका लागि जाने छन् । त्यहाँ गएर ओहदाको प्रमाणपत्र बुझाउनु पर्छ ।