पेन्सिलभेनिया यूएस सिनेट चुनाव : केसी र म्याककोर्मिक बिच कडा प्रतिस्पर्धा, पुन: मत गणना हुने

Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ पेन्सल्भेनियाको अमेरिकी सिनेट दौडमा पुनः मतगणना हुने भएको छ।
डेमोक्र्याट उम्मेदवार बब केसी र रिपब्लिकन प्रतिद्वन्द्वी डेभ म्याककोर्मिकबीच कडा प्रतिस्पर्धा भए पछि स्वतः पुनः गणना हुन लागेको हो।
नोभेम्बर ५ तारिखमा चुनाव भएको थियो। राष्ट्रपतिमा भने डोनाल्ड ट्रम्प विजयी भएका छन्।
पेन्सिलभेनियामा ०.५ प्रतिशत वा कम मत फरक परेमा पुनः गणना गर्नु पर्ने कानुनी व्यवस्था छ। पहिलो चरणको गणनामा म्याककोर्मिक उनका निकटतम प्रतिस्पर्धी केसी भन्दा ०.४ प्रतिशतले अगाडि छन्। केसी बहालवाला सिनेटर हुन्।
पेन्सिल्भेनिया निर्वाचन आयोगले नोभेम्बर २० तारिखबाट दोस्रो चरणको मत गणना शुरु गर्ने जनाएको छ। प्रचलित कानुन अनुसार नोभेम्बर २६ तारिख मंगलवार दिउसो सम्मा दोस्रो चरणको मत गणना सकिसक्नु पर्ने छ।
काउन्टीहरूले बुधवार, नोभेम्बर २७ दिउँसो पेन्सल्भेनिया राज्य सचिवलाई उनीहरूको पुनः गणनाको नतिजा बुझाउनु पर्छ। त्यस पछि निर्वाचन आयोगले अन्तिम नतिजा प्रकाशित गर्ने छ।
निर्वाचन आयोगले शुक्रवार बिहानसम्म, मतपत्रको ९९ प्रतिशत गणना भएको जनाएको छ। त्यसमध्ये म्याककोर्मिकको ३३ लाख ८८ हजार ६ सय ३८ मत ल्याएका छन्। त्यो भनेको ४८.९ प्रतिशत हो। केसीले ३३ लाख ६४ हजार पाँच सय ४२ मत पाएका छन्। जुन ४८.५ प्रतिशत हो।
अहिले सम्म दुई उम्मेदवार बिचमा करिब २४ हजार मतको भिन्नता छ।