म कुनै पार्टीमा आवद्ध छैन : गोबिन्द केसी
इलाम । प्रा.डा. गोविन्द केसीको नामबाट फेसबुक खाता खोलेर राजनीतिक पार्टीको अभियान र आन्दोलनमा प्रचार प्रसार गरिएकोमा डा. केसीले आपत्ति जनाएका छन् l
यस अघि पनि केसीको नामबाट अनेक असम्बन्धित र विभिन्न प्रयोजनका सामग्री पोष्ट हुँदै आएकोमा केसीले आफ्नो सामाजिक संजालमा कुनै खाता नभएको स्पष्ट पार्दै आएका थिए l आज पनि उनले फेस बुकलगायत सामाजिक संजालमा कुनै खाता नरहेको उल्लेख गर्दै एक विज्ञाप्ति जारी गर्दै भनेका छन् :
‘कुनै अमूक राजनीतिक दलले विरोध सभाको लागि सामाजिक संजाल मार्फत गरेको आह्वानमा मेरो नाम र फोटो भएको फेसबुक खाताको प्रयोग गरी कुनै व्यक्तिले प्रचार प्रसार गरेकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मैले कुनै पनि राजनीतिक दलका अभियानहरूलाई समर्थन र अनुमोदन गरी कुनै आह्वान गरेको पनि छैन र त्यसो गर्नका लागि फेसबुक लगायत सामाजिक संजालमा मेरा कुुनै खाता छैनन् भन्ने कुरा आम सर्वसाधारणलाई जानकारी गराउँदछु । यस्तो गैरकानुनी क्रियाकलाप दोहोरिन नदिन आवश्यक कदम चाल्न सम्बन्धित निकायलाई अनुरोध गर्दछु ।’
प्राडा केसीको प्रेस विज्ञप्ति जस्ताको त्यस्तै :
हालै कुनै अमूक राजनीतिक दलले विरोध सभाको लागि सामाजिक संजाल मार्फत गरेको आह्वानमा मेरो नाम र फोटो भएको फेसबुक खाताको प्रयोग गरी कुनै व्यक्तिले प्रचार प्रसार गरेकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। मैले कुनै पनि राजनीतिक दलका अभियानहरूलाई समर्थन र अनुमोदन गरी कुनै आह्वान गरेको पनि छैन र त्यसो गर्नका लागि फेसबुक लगायत सामाजिक संजालमा मेरा कुुनै खाता छैनन् भन्ने कुरा आम सर्वसाधारणलाई जानकारी गराउँदछु। यस्तो गैरकानुनी क्रियाकलाप दोहोरिन नदिन आवश्यक कदम चाल्न सम्बन्धित निकायलाई अनुरोध गर्दछु।
प्रा.डा.गोविन्द केसी इलाम २०८१/०७/०६