गौशाला धर्मशाला खाली गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश
काठमाडौं । काठमाडौँ महानगरपालिकालाई पशुपतिको गौशाला धर्मशाला खाली गर्ने निर्णयलाई तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ।
न्यायाधीश डालकुमार खड्काको एकल इजलासले आज काठमाडौँ महानगरपालिका र पशुपति विकास कोषलाई धर्मशाला खाली गर्ने कार्य तत्काल नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
मारवाडी सेवा समितिको तर्फबाट पशुपतिक्षेत्र विकास कोषसहित १५ जनालाई विपक्षी बनाएर रिट दायर गरिएको थियो ।
जसमा काठमाडौँ महानगरपालिकाको धर्मशाला हटाउने निर्णयलाई असंवैधानिक ठहर गरिएको छ।
अदालतले दुवै पक्षबीच छलफल गरेर मात्र यस विषयमा अन्तिम निर्णय गर्ने आदेशमा उल्लेख छ।