पूर्व राजा ज्ञानेन्द्र शाहले दसैंमा टिका लगाइदिने
काठमाडौं। पूर्व राजा ज्ञानेन्द्र शाहले यस वर्षको विजया दशमीका अवसरमा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन्।
निर्मल निवासमा हुने कार्यक्रम अन्तर्गत, पूर्व राजा शाह र पूर्व रानी कोमल शाहले दशमीका दिन अपराह्न ४ बजे शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाउने छन्।
पूर्व राजा शाह हाल भुटान भ्रमणमा रहेका छन् ।
उनी आइतबार स्वदेश फर्किने तयारीमा छन्।