झ्याप्ले खोलाको पहिरोबाट अहिलेसम्म २९ शव निकालियो
धादिङ। पृथ्वी राजमार्गको झ्याप्ले खोलामा गएको पहिरोले अहिलेसम्म २९ जनाको शव निकालिएको छ। प्रहरीले शनिबार १४ जनाको शव निकाल्दा आइतबार अहिलेसम्म १५ जनाको शव निकालिएको जनाएको छ।
निकालिएका शवहरू त्रिवि शिक्षण अस्पतालमा पठाइएका छन्। प्रहरीले जानकारी दिएका अनुसार, आफन्त बेपत्ता भएका परिवारहरूले प्रमाणपत्र सहित खानीखोला प्रहरीले सम्पर्क गर्न अनुरोध गरिएको छ।
झ्याप्ले खोलामा गएको पहिरोमा बुटवलबाट आएको विंगर, गोरखाबाट आएको बस र चितवनबाट आएको माइक्रो बस परेको पुष्टि भएको छ।
सुरक्षा निकायहरू, जसमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी शामिल छन्, पहिरो उत्खनन कार्यमा संलग्न छन्। आइतबार बिहान, बस र माइक्रो बस भेटिएपछि उद्धार कार्य जारी रहेको छ।
पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले पुरिएको अवस्थामा माइक्रो बस पनि भेटिएको छ ।
यो माइक्रो बस चितवनबाट आएको भएको बताइएको छ । माइक्रोको नम्बर भने अहिलेसम्म जानकारी भएको छैन । माइक्रोबाट तीन जनाको शव बाहिर निकालिएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा माइक्रो बस भेटिएको हो ।
यस अघि पुरिएको अवस्थामा बस भेटिएको थियो । शुक्रबार गोरखाबाट काठमाडौँका लागि हिडेको यात्रु बस र शुक्रबार नै चितवनबाट काठमाडौँका लागि हिडेको माइक्रो बस सहिलेसंम सम्पर्कविहिन भएको बताइएको थियो ।
यस अघि बुटवलबाट आएको विंगर शनिबार पुरिएको अवस्थामा भेटिएको थियो । सो विंगरमा रहेका १४ यात्रुको शव शनिबार नै निकालिएको थियो ।