दुर्गा प्रसाईलाई थुनामुक्त गर्ने आदेश दिन अस्वीकार
काठमाडौं। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्ने आदेश दिन अस्वीकार गरेको छ।
प्रसाईँको गिरफ्तारीविरुद्ध उनका छोरा निरज प्रसाईँले बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए।
तर सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले यसमा आदेश दिन इन्कार गरेको हो।
सर्वोच्चले सो रिटमा सरकारलाई कारण देखाउ आदेश भने जारी गरेको छ। प्रसाईँलाई आइतबार दिउँसो उनके निवासबाट प्रहरीले पक्राउ गरेको थियो।
उनको गिरफ्तारी राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य ज्वाला संग्रौलाको उजुरीका आधारमा गरिएको हो।
अदालतले उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।