मास्टर लब गोर्खाली युयुएनटिएफको अध्यक्षमा निर्वाचित
लस एन्जलस, क्यालिफोर्निया/ मास्टर लब गोर्खाली युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो फेडरेसन” (युयुएनटिएफ) को अध्यक्षमा निर्वाचित भएका छन्।
क्यालीफोर्निया राज्यको लस एन्जल्समा सोमबार सम्पन्न युयुएनटिएफको चौथो साधरण सभा तथा दशौ वार्षिकउत्सवले गोर्खालीलाई सर्वसम्वत अध्यक्षमा निर्वाचित गरेको हो।
यस संस्थामा यस अगाडि सन्तोष प्रधान अध्यक्ष थिए। उनी ६ वर्ष पदमा रहे।
नव निर्वाचित अध्यक्ष गोर्खालीले आफुलाई विश्वास गरेकोमा सबैलाई धन्यवाद दिए । उनले अब देखि संस्थालाई चलायमान बनाउने प्रतिबद्धता जाहेर गरे।
गोर्खालीले नेपाली तेक्वान्दोको विकासमा नयाँ योजना ल्याउने बताए । उनले नेपाली तेक्वान्दोलाई थप उचाइमा पुर्याउन युवा संलग्नता, स्रोत परिचालन र विश्वव्यापी सञ्जालमा केन्द्रित हुने धारणा राखे
गोर्खाली राष्ट्रिय खेलकुद परिषदका पूर्व बरिष्ठ तेक्वान्दो प्रशिक्षक हुन्। उनी झण्डै दुई दशक देखि अमेरिकाको मिचिगनमा एभरेष्ट तेक्वान्दो स्कुल संचालन गर्दै आएका छन्।
साधरण सभाले २१ सदस्यीय कार्यसमितिको पनि चयन गरेको छ।
कार्ययमितिको वरिष्ठ उपाध्यक्षमा किसन सिंह बराल थापा र जगन लाल श्रेष्ठ तथा उपाध्यक्षमा हरिहर पाण्डे रहेका छन्।
यस्तै महासचिवमा गणेश थापा, सचिव तथा प्रवक्तामा राजु थापा, कोशाध्यक्षमा अमृत महतो रहेका छन्।
सदस्यहरूमा ज्वाला कार्की, महादेव धानुक, रुपा स्यान्तान, दीपक राना, उमेश राज भण्डारी, मिनु कार्की महर्जन, अर्जुन खड्का, कौशिला खनाल, सिद्धार्थ श्रेष्ठ, राजु तिमल्सिना, नरेश कुमार श्रेष्ठ, सुरज श्रेष्ठ, ऋतु जिम्मी राई, र नन्दु विष्ट निर्वाचित भएका छन्।
यस अगाडि क्यालिफोर्नियास्थित नेपाल अवैतनिक महावाणिज्य दूतावासका अवैतनिक महावाणिज्य दूत ऋषि ढकालले साधरण सभाको उद्घाटन गरेका थिए।
ढाकालले नेपाली तेक्वान्दोको विश्वव्यापी प्रभाव बारे चर्चा गर्दै नेपाली समुदाय एकजुट भएर साझा उद्देश्यका लागि मिलेर काम गरेको खुसी लागेको बताए।
निवर्तमान अध्यक्ष सन्तोष प्रधानले आफ्नो कार्यकाल उपलब्धीमूलक भएको दाबी गरे। उनले तेक्वान्दो मार्फत नेपाली संकृतिलाई प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय सहयोगको खांचो रहेकोले अन्टिएफको स्थापना भएको बताए।
यस्तै युयुएनटिएफका सल्लाहाकार, आईओएफटिसीका निर्देशक तथा हलिउड तेक्वान्दो स्कूल पोर्टल्याण्डका संथापक एवं प्रमुख प्रशिक्षक ग्राण्ड मास्टर दिवाकर डान महर्जनले तेक्वान्दो विकासमा आफ्नो सदैव साथ रहने बताए ।
उनले आईओएफटिसीले हरेक दुई बर्षमा गर्ने प्रतियोगितामा युयुनटिएफ प्राथमिकता दिने बताए ।
निर्वाचन आयुक्त रोसन अधिकारीले निर्वाचित पदाधिकारीलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए।