पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टितेलको मूल्य घटाएको छ।
इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य अनुसार समायोजन गर्दै पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मट्टितेलमा ५ रुपैयाँले घटाएको छ।
समायोजित मूल्यअनुसार:
– पहिलो वर्गमा पेट्रोल: प्रतिलिटर १५६.५० रुपैयाँ,
– दोस्रो वर्गमा पेट्रोल: १५८ रुपैयाँ,
– तेस्रो वर्गमा पेट्रोल: १५९ रुपैयाँ,
– पहिलो वर्गमा डिजेल/मट्टितेल: प्रतिलिटर १४६.५० रुपैयाँ,
– दोस्रो वर्गमा डिजेल/मट्टितेल: १४८ रुपैयाँ,
– तेस्रो वर्गमा डिजेल/मट्टितेल: १४९ रुपैयाँ भएको छ।
क्षेत्रीय वर्गीकरण अनुसार, पहिलो वर्गमा चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्दछन्। दोस्रो वर्गमा सुर्खेत र दाङ पर्दछन् भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल पर्दछन्। यो नयाँ घटेको मूल्य आजै रातिदेखि लागू हुनेछ।