मेक्सिकोमा न्यायिक सुधारको प्रस्तावको विरोधमा प्रदर्शन
मेक्सिको सिटी। मेक्सिकोमा लोकप्रिय मतबाट न्यायाधीश चयन गरिने विवादास्पद न्यायिक सुधार प्रस्तावको विरोधमा हजारौँ नागरिकले राजधानी मेक्सिको सिटीमा प्रदर्शन गरेका छन्। आइतबार यस प्रदर्शनमा मुख्यतया अदालतका कर्मचारी र कानूनका विद्यार्थीहरू नै सहभागी थिए।
निवर्तमान राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले अघि सारेको र तल्लो सदन ‘चेम्बर अफ डेपुटीज’ ले पारित गरेको उक्त प्रस्तावमाथि सिनेटले बहस सुरु गरेपछि नागरिकहरू प्रदर्शनमा उत्रिएका हुन्।
प्रस्तावमा सर्वोच्च अदालत र अन्य न्यायाधिकरणका न्यायाधीशहरूको साथसाथै न्यायिक प्रशासकहरूको निर्वाचन गर्ने व्यवस्था गरिएको छ।
यो न्यायिक सुधार प्रस्तावले अमेरिकासँग कूटनीतिक तनाव उत्पन्न गराएको छ, विपक्षी दलहरूलाई सडकमा ल्याएको छ र वित्तीय बजारमा पनि असर पारेको छ। प्रदर्शनकारीहरूले “न्यायपालिका ढल्ने छैन” भन्ने नारा लगाउँदै विरोध जनाए।
भारतसँग हसिनालाई सुपुर्दगी गर्न बंगलादेशको माग
सिनेटका समितिहरूले आइतबार राति उक्त विधेयकलाई अनुमोदन गरिसकेका छन्। मङ्गलबार सिनेटको पूर्ण बैठकमा प्रस्तुत गरी बुधबार उक्त प्रस्तावमाथि मतदान गरिने अपेक्षा गरिएको छ।
राष्ट्रपति ओब्राडोरका विरोधीहरूले सर्वोच्च अदालतलाई यो प्रस्तावमा हस्तक्षेप गर्न आग्रह गरेका छन्, तर ओब्राडोरले अदालतसँग त्यस्तो हस्तक्षेपको कुनै कानुनी आधार नभएको बताएका छन्।
विपक्षीविरुद्ध सत्तारूढ दलहरू एकजुट हुने