काबुलमा आत्मघाती हमलामा ६ जनाको मृत्यु, १३ घाइते
काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आत्मघाती बम विस्फोटमा ६ जनाको मृत्यु भएको छ र १३ जना घाइते भएका छन्। काबुल प्रहरीका प्रवक्ता खालिद जादरानका अनुसार, दक्षिणी काबुलको काला-ए-बख्तियार क्षेत्रमा शरीरमा विस्फोटक पदार्थ बाँधेका एक व्यक्तिले आक्रमण गरेका थिए।
घटनामा एक महिलासहित ६ सर्वसाधारणको ज्यान गएको पुष्टि भएको छ। आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन।
सन् २०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि हिंसामा केही कमी आए पनि इस्लामिक स्टेट खोरासान अफगानिस्तानमा सक्रिय रहँदै आएको छ।