प्रचण्डलाई मार्गप्रशस्त गर्न एमालेकाे आह्वान
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ राजनीतिक घटनाक्रम अनुसार मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।
मंगलबार बसेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आह्वान गर्ने निर्णय गरेकाे उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनले राष्ट्रिय सहमतिको सरकार बनाउन योगदान गर्न सबै राजनीतिक दललाई आह्वान गर्ने निर्णय पनि बैठकले गरेको जानकारी दिए ।
कांग्रेस र एमालेबीचमा भएको राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई पार्टीले स्वागतसहित समर्थन गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।