कोपा अमेरिकामा ब्राजिल बराबरीमा रोकियो
पेन्सिल्भेनिया । कोपा अमेरिका २०२४ मा ब्राजिल र कोस्टारिकाले अंक बाँडेका छन् । समूह डीमा रहेका यी दुई टिमले गोलरहित बराबरी खेल्दै तालिकामा एक एक अंक लिएका हुन् ।
३० औं मिनेटमा ब्राजिलका मार्किन्होसले गरेको गोललाई भिडिओ एसिस्टेन्ट रेफ्री (भार)ले मान्यता नदिँदा अग्रता लिन चुकेको थियो । ७३ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखे पनि ब्राजिलले गोल गर्न नसक्दा एक अंकमा चित्त बुझायो ।
बराबरीसँगै पहिलो खेलमा एक एक अंक जोडेको ब्राजिल देस्रो तथा कोस्टारिका तेस्रो स्थानमा छ । यही समूहमा रहेको अर्को खेलमा कोलम्बिायाले विजयी सुरुआत गरेको छ ।
सोमबार भएको अर्को खेलमा समूह डीमा रहेको कोलम्बियाले पाराग्वेलाई २–१ गोल अन्तरले पराजित गरेको हो । कोलम्बियाको जितमा डेनियल मुनोज र जेफरसन लेर्माले एक एक गोल गर्दा पाराग्वेका लागि जुलियो इनसियोले एक गोल फर्काए ।
३२ औं मिनेटमा जेम्स रोड्रिगेजको पासमा डेनियल मुनोजले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।
४२ औं मिनेटमा रोड्रिगेजकै पासमा जेफरसनले गोल गर्दै अग्रता दाब्बर बनाए । ६९ औं मिनेटमा पाराग्वेका लागि जुलियो इनसियोले रामोन सोसाको पासमा गोल गर्दै अन्तर कम गरे पनि हार टार्न पर्याप्त भएन । जितसँगै कोलम्बिाले समूह डीमा ३ अंक लिएर शीर्ष स्थानमा छ ।