सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गर्दै
काठमाडौं । सभामुख देवराज घिमिरेले आजको प्रतिनिधिसभाको बैठक अघि प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्न लागेका छन् ।
प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । त्यसअघि सभामुखले संसद बैठक संचालनका लागि सभामुखले छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।
प्रमुख चार दलहरुबीच सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन सहमति भएपछि आजै समितिको कार्यादेश टुंगो लगाउने छलफल जारी रहेको छ । कार्यादेश टुंगो लगाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।
कार्यदलले कार्यादेशमा सहमति जुटाएमा संसद बैठक चल्ने पक्का छ ।