संसदीय छानबिन समिति गठन गर्न जुट्यो सहमति
काठमाडौं । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच सहकारीमा रहेका विद्यमान समस्याहरुबारे संसदीय छानबिन समिति बनाउने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार करिब दुई घण्टा लामो छलफलपछि सत्ता पक्ष र प्रतिपक्षबीच सहमति जुटेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने र कांग्रेस सभापति शेरबहादुर देउवा लगायत शीर्ष नेताहरूबीच छलफल भएको थियो ।
छलफलपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति बनाउनेबारे समान धारणा रहेको उल्लेख गर्दै समितिको कार्यदेशबारे आइतबारबाट काम हुने बताए । तर, कांग्रेसको मागअनुसार गृहमन्त्री लामछिानेमाथि केन्द्रित भएर समिति गठनको सहमति भए-नभएको भने लेखकले खुलाएनन् ।