प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गरिने
काठमाडौं । सरकारले मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्ने भएको छ ।
शुक्रवार सिंहदरबारमा मन्त्रपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिएकी हुन् ।
जेठ ३ गते बिहीवार बसेको मन्त्रपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा पेश गरेको नेपाल सरकारका मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्ने निर्णय भएको हो ।
मन्त्रपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा फौजदारी कसुर कैद कट्टा तेस्रो संशोधन नियमावली, २०८१ स्वीकृत गर्ने पनि गरेको छ ।