अमेरिकामा टिकटक प्रतिवन्ध लगाउने विधेयक पारित, खुला रहने विकल्प बाँकी
पेन्सिल्भेनिया । टिकटक स्वामित्व आफूलाई नबेचे पूर्ण रूपमा प्रतिबन्ध लगाउने विधेयक अमेरिकी संसदबाट पारित भएको छ । योसँगै टिकटकको अभिभावक कम्पनी बाइटडान्सले आफ्नो स्वामित्वको हिस्सेदारी अमेरिकालाई नदिने भनी अडान लिएमा टिकटकमाथिको प्रतिबन्ध अबको केही दिनदेखि नै लागू हुने सम्भावना रहेको छ ।
अप्रिल २० मा अमेरिकाको प्रतिनिधि सभाले टिकटकलाई प्रतिबन्ध लगाउन विधेयक पारित गरेको हाे । विधेयक पारित भएसँगै टिकटकमाथि प्रतिबन्ध लाग्ने सम्भावना प्रबल बन्दै गएको एनबीसी न्युजले जनाएको छ ।
आगामी ९ महिनाको समयावधि तोक्दै यो अबधिमा कि अमेरिकामा टिकटक बेच्नु पर्ने अन्यथा प्रतिबन्धित हुने छ। टिकटकका अमेरिकामा मात्र एकसय सत्तरी मिलियन प्रयोगकर्ताहरु छन्।
टिकटकमाथि प्रतिबन्ध लगाउने पक्षमा अमेरिकाको प्रतिनिधि सभाका ३६० जना सांसदले मतदान गरेका थिए भने ५८ जना सांसदले विपक्षमा मतदान गरेका थिए । यस्तै प्रकारको विधेयक गत महिना प्रतिनिधि सभाले पारित गरेको थियो, तर उक्त विधेयक सिनेटमा अड्किएपछि अर्को विधेयक पारित भएको हो ।
एनबीसी न्युजका अनुसार प्रतिनिधि सभाले पारित गरेको विधेयक अब अर्को हप्ता सिनेटमा पुग्छ । कानून बन्नको लागि यस विधेयक सिनेटबाट पारित भई राष्ट्रपतिले अनुमोदन गर्नुपर्नेछ । त्यस्तै यस विधेयक सिनेटबाट पारित भई अमेरिकी राष्ट्रपति जो बाइडेन कहाँ पुगेपछि सजिलै अनुमोदन हुने सम्भावना रहेको एनबीसी न्युजले जनाएको छ ।
बिगत लामो समय देखि टिकटकको अल्गोरिदमले अमेरिकी जनताको सूचना संकलन गरी चीनलाइ सुम्पिन सक्ने आशंका गर्दै यसमा प्रतिबन्ध लगाउनु पर्ने आवाज उठ्दै आएको थियो।
तर बाइट्डान्सले अमेरिकामा रहेका सबै प्रयोगकर्ताहरुको तथ्यांक अमेरिकामा रहेका सर्भरहरुमै सुरक्षित हुने र चीनको यसमा कुनै पहुँच नहुने स्पस्टिकरण दिंदै आएको थियो। सोसल मेडियाको क्षेत्रमा ठुलो तहल्का मच्चाइरहेको टिकटकको अमेरिकामा निकै ठुलो बजार छ। करिव १०० बिलियन डलरको मुल्य रहेको टिकटक बेच्ने वा प्रतिबध स्वीकार्ने चुनौती बाइट्डान्सलाई आइलागेको छ।
अब यो कानुन सिनेटमा पुगेको छ। इजरायल, युक्रेन र ताइबानलाइ सहयोग गर्ने रकम भएको यो कानुनमा टिकटक प्रतिबन्ध पनि मिसाइएकोले यो सिनेटमा पनि छिट्टै पास हुनेछ
टिकटकको चीनसँगको सम्बन्धको कारण अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विषय उठेको हो । चीनले अमेरिकी टिकटक प्रयोगकर्ताका माध्यमबाट ठूलो मात्रामा डेटा संकलन गरिरहेको चिन्ताका कारण टिकटक प्रतिबन्धित हुनुपर्नेमा अमेरिकाले जोड दिइरहेको छ ।