अमेरिकामा सम्पन्न ‘एनआरएनए कप’ भलिबलको उपाधि टेक्ससको नेपस्टार क्लबले उचाल्यो

Getting your Trinity Audio player ready...
|
क्यालिफोर्निया/ नयाँ वर्षको अवसरमा अमेरिकाको क्यालिफोर्नियामा सम्पन्न एनआरएनए कप भलिबलको उपाधि टेक्सस डालसको नेपस्टार क्लब टेक्ससले जितेको छ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका अन्तर्गत क्यालिफोर्निया च्याप्टरले नेपाल डे परेड सँगै भलिबल प्रतियोगिता पनि आयोजना गरेको थियो।
विभिन्न राज्यका १५ टिमले भाग लिएको प्रतियोगिताको फाइनलमा नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान कैलाश भट्टद्वारा प्रेरित नेपस्टकारले न्यु योर्कलाई हरायो।
उपाधि सँगै नेपस्टारले १२ हजार अमेरिकी डलर नगद पुरस्कार पायो।
उपाधि जितेको नेपस्टारले सेमिफाइनलमा टेक्ससकै रुकुम टिमलाई हराएको थियो । प्रतियोगितामा टेक्ससका मात्र चार टिमले भाग लिएका थिए। नेपस्टारले क्वाटरफाइनलमा पनि टेक्सस अस्टिनको बाँफिकोटलाई हराएको थियो।
युवा समुदायलाई एनआरएनए प्रति आकर्षित गर्न भलिबल प्रतियोगिता आयोजना गरिएको क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरि ओझाले बताए।
एनआरएनए अमेरिकाका कोषाध्यक्ष सरोज सिग्देलले समुदाय र युवा पीढीलाई यसरी नै जोड्दै लैजाने योजना रहेको बताए।