टेक्ससमा अमिङ एभरेस्ट र कमल शर्मा फाउण्डेशको क्यान्सर सचेतना कार्यक्रम
टेक्सस/ अमिङ एभरेस्ट सेण्टेनियल लायन्स क्लब र कमल शर्मा फाउण्डेशले अमेरिकाको टेक्ससमा क्यान्सर सचेतना कार्यक्रम आयोजना गरेका छन्।
फ्लावर माउण्डको वेलिङ्गटन कम्युनिटी हलमा शनिवार भएको कार्यक्रममा बालबालिका, वयस्क र ज्येष्ठ नागरिकहरूलाई कसरी, कुन उमेरमा क्यान्सर लाग्छ भन्ने बारेमा चर्चा गरिएको थियो। यस्तै क्यान्सरबाट कसरी जोगिने, क्यान्सर लागिहालेमा कसरी बच्ने र सहुलियत रूपमा औषधोपचारका बारेमा जानकारी गराइएको थियो।
कार्यक्रमको पहिलो चरणमा लायन्स डिस्ट्रीक २ – एक्स वन की संयोजक डा. विष्णुमाया उपाध्यायले बालबालिकाहरूलाई लाग्ने क्यान्सर रोग बारेमा बताएकी थिइन्। त्यसै गरी कार्यक्रमको अर्को चरणमा डा. विनीता खरेल नेपाल, डा. विष्णुमाया उपाध्याय , फार्माशिष्ट डा. लक्ष्मण वाग्ले र पार्कल्यण्ड हेल्थकी निर्मला लामिछाने आर.एन., बि एस.एन ले क्यान्सर रोग वारेका सहभागीका विभिन्न प्रश्नको जवाफ दिएका थिए।
अर्को रहस्यमय र क्यान्सरको वास्तविकता महसुस गर्दै गरेका दुई नेपाली विद्यार्थी महिलाहरूले पनि आफ्ना कुरा दर्शक सामु राख्दा सबै दर्शकहरू भावुक बनेका थिए । कार्यक्रममा क्लबले सञ्चालन गरेको फन्ड रेजकालागि सञ्चालन गरिएको राफल चिट्ठाको नतिजा पनि प्रकाशन गरिएको थियो I
नतिजा प्रकाशनको लागि लायन्स डिस्ट्रिक २ एक्स वनका गभर्नर प्रकाश गौतम , पूर्व डिस्ट्रिक गभर्नर इस्मेरेल्डा रोड्रिगेज, फस्ट डिस्ट्रिक्ट गभर्नर राधाकृष्ण काफ्ले, जोन चियर सुरेश बस्याल लगायत विभिन्न क्लबका सभापतिहरू, कार्यक्रममा सहभागी चिकित्सकहरू, एच. डी. एन. पी. इण्टरनेशनलका चेयरमेन देवी डेभिड आचार्य आदिको उपस्थिति थियो ।
त्यसै गरी कमल शर्मा फाण्डेसनकी सरिता शर्मा आचार्य, आमन्त्रित प्रकृति पाण्डे , दीक्षा बस्याल, अरमिङ्ग एभरेस्ट सेण्टेनियल लायन्स क्लबका डाइरेक्टर तथा एन. आर. एन. ए. टेक्सस सभापति दीपेन्द्र गुरागाईँ, एन. आर. एन. ए. अमेरिका कोषाध्यक्ष तथा कल्वका तत्त्वकालीन सभापति सरोज सिग्देल, ड्यालस बुद्ध लायन्स क्लबका सभापति डा. ओम थापा, अरमिङ्ग एभरेस्ट सेण्टेनियलका संस्थापक सभापति गौरव न्यौपाने, ड्यालस हेल्थ लायन्स क्लबका सभापति सी.पी.ए. विलास उपाध्यायको समेत उपस्थित थियो I
लायन्सको परम्परा अनुसार कार्यक्रमको सुरुवात कल्वका सभापति राजेन्द्र कुँवरले गरेका थिए । त्यसै गरी पूर्व डिस्ट्रिक्ट गभर्नर इम्मेरेल्डा रोड्रिगेजले इन्भोकेसन र प्रथम भाइस डिस्ट्रीक गभर्नर राधाकृष्ण काफ्लेले प्लेज अफ एलिजेन्स गरेका थिए ।
कार्यक्रमको अन्त्यमा क्यान्सर अवाएरनेस कार्यक्रमका प्रस्तोताहरूलाई टोकन अफ लभ वितरण गर्दै पूर्व तत्त्वकालीन सभापति सरोज सिग्देलले उपस्थित व्यक्तिहरूलाई धन्यवाद व्यक्त गरेका थिए ।
आज भएको लक्की ड्र का निम्न विजेताहरू लाई गभर्नर लगायतका समाजका अगुवाहरूले चिट्ठाबाट छानी विजयी घोषणा गरेका थिए ।
प्रथम पुरस्कार विजेता दिनेश थापा – एप्पल आइ फोन १५ प्रो
दोस्रो पुरस्कार विजेता हरिकला सुनरी थापा – ल्यापटप
तेश्रो पुरस्कार विजेता युवराज खनाल – एप्पल एपर पड
चौथो पुरस्कार एप्पल हेम भट्ट – ड्रोन
पाँचौँ पुरस्कार एप्पल – यती कुलर ब्याग
केही पुरस्कार कल्वका सदस्यहरूले स्पोन्सर गरेका थिए । द्धितिय पुरस्कार क्लबका सचिव रेश दाहाल, तेस्रो पुरस्कार ड्रोन क्लबका डाइरेक्टर तथा नेपाली समाज टेक्सस का कोषाध्यक्ष राम कृष्ण यादव , पाँचौँ पुरस्कार क्लबका कोषाध्यक्ष रमेश तिमिल्सिनाले गरेका थिए ।
क्लबले गरेको फन्ड रेजवाट केही रकम क्यान्सर पीडितलाई सहयोग गर्ने उद्देश्य रहेको कल्वका सभापति राजेन्द्र कुँवरले बताएका थिए ।
साथै क्लबलाई माया गरी क्लबकी संस्थापक सदस्य तथा समाजसेवी तनुजा अर्याल, सफल व्यवसायी तथा रिपल्टर गणेश तिमिल्सिनाले पनि आर्थिक सहयोग गरेका थिए ।
कार्यक्रमलाई सफल बनाउन लागि परेका कार्यक्रम संयोजक तथा आगामी जुलाई एक देखि लागू हुने गरी सभापति चुनिनु भएका लायन रविन पाठक तथा प्रथम भाइस प्रेसिडेन्ट लायन रेश दाहाल, संस्थापक सभापति लायन गौरब न्यौपाने, कार्यक्रम सञ्चालिका लायन सृष्टि उप्रेती शर्मा लगायत क्लबका सबै अमूल्य सदस्यहरूलाई सभापति कुँवरले धन्यवाद दिएका थिए ।
त्यसै गरी आजकै कार्यक्रममा सक्रिय संयम सेवक गरी क्लब सँग सहकार्य गर्न अग्रसर रहेका युवा चिकित्सा गठबन्धन संघका टिमलाई विशेष धन्यवाद दिएका थिए ।
आजको कार्यक्रम सहयोगी रिवान दाहाल, रायोन कुँवर लगायत कल्वका सदस्यहरू तथा मिडिया पार्टनर रिपोर्टर क्लब अमेरिकाका अध्यक्ष किशन रेग्मीलाई क्लब र कमल शर्मा फाउन्डेसनको तर्फबाट विशेष धन्यवाद ज्ञापन गरिएको छ ।
फन्ड रेजिङ्ग कार्यलाई सहयोग गर्नुहुने लायन अनु तामाङ लगायत क्लबका सम्पूर्ण सदस्यहरू र शुभचिन्तक जोन चेयर मिना क्षेत्री, नेपाली समाज टेक्सस कि महिला संयोजक शान्ता गिरी, सदस्य राधिका खनाल, शुभचिन्तक राज चौलागाई तथा इस्मेरेल्डI रोड्रिगेजलाई पनि धन्यवाद दिइएका छन् ।
कार्यक्रममा क्लबका अध्यक्ष राजेन्द्र कुँवर तथा कमल शर्मा फाउन्डेसनका सुप्रिम शर्माले क्लब तथा फाउन्डेसनको क्रियाकलापको बारेमा बताएका थिए । कार्यक्रमको सञ्चालन पूर्व मिसेस ए. एन. ए. तथा क्लबकी क्रियाशील सदस्य तथा मार्केटिङ एन्ड कम्युनिकेसन डाइरेक्टर सृष्टि उप्रेती शर्माले गरेकी थिइन ।