दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमा आम निर्वाचनमा उम्मेदवार बन्न नपाउने
काठमाडौं । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमा आम निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन् । त्यहाँ मे २९ मा हुन लागेको निर्वाचनमा उनी उम्मेदवार हुन अयोग्य घोषित भएका छन् ।
निर्वाचन आयोगले जुमाको आपराधिक अभिलेखका कारण यस्तो निर्णय गरेको जनाएको छ ।
सन् २०१८ मा जुमाको आफ्नै पार्टी अफ्रिकन नेसनल कांग्रेस (एएनसी) ले उनलाई राष्ट्रपति पदबाट राजीनामा दिन आग्रह गरेको थियो । तर उनले अस्वीकार गरेका थिए । यसपछि, दक्षिण अफ्रिकाको सर्वोच्च न्यायिक निकायले उनलाई भ्रष्टाचार सम्बन्धी मुद्दामा २०२१ मा १५ महिनाको जेल सजाय सुनाएको थियो ।
८१ वर्षीय जुमालाई आयोगको निर्णयविरुद्ध अपिल गर्न अप्रिल २ सम्मको समय दिइएको छ ।
जुमाले आफैं विगतमा अध्यक्ष भएको पार्टी एएनसी विरुद्ध सक्रिय रूपमा अभियान चलाइरहेका छन् ।
जुमा दक्षिण अफ्रिकाको चौथो राष्ट्रपति भएका थिए । जुमालाई जुलाई २०२१ मा न्यायिक आयोगमा उपस्थित हुन दिएको अदालतको आदेश अवहेलना गरेकोमा १५ महिनाको जेल सजाय सुनाएको थियो ।
यसैबीच, पूर्व राष्ट्रपति ज्याकब जुमा कार दुर्घटनामा परेका छन् ।
सो कार दुर्घटनामा परे पनि उनी भने सकुशल रहेको अफ्रिकन सञ्चारमाध्यमले जनाएका छन् ।
मादक पदार्थ सेवन गरेका एक ड्राइभरले आधिकारिक सशस्त्र सुबिधासहितको गाडीसँग ठक्कर दिएको प्रहरीले जनाएको छ। तर, उनका पार्टीका एक प्रमुख सदस्यले जुमालाई जानी जानी निशाना बनाएको आरोप लगाएका छन् ।
अफ्रिकी नेसनल कांग्रेस (एएनसी)को निलम्बन परेका उनी माथी कार टक्कर दिने ती ड्राइभरलाइ भने गिरफ्तार गरिएको छ ।
त्यतिबेला जुमा आफ्नो आधिकारिक सुरक्षा टोली सहित कारमा थिए । यो दुर्घटना उनको गृह प्रान्त क्वाजुलु नातालको सडकमा भएको थियो ।
‘राष्ट्रपति संरक्षण सेवाका सदस्यहरू लगायत कोही पनि घाइते भएनन्। पूर्व राष्ट्रपतिलाई बाहिर निकालेर उनको निवासमा लगिएको थियो,’ प्रहरीको संक्षिप्त विज्ञप्तिमा भनिएको छ।
मादक पदार्थ सेवन गरी सवारी चलाएको र लापरवाही र लापरवाहीपूर्वक सवारी चलाएको आरोपमा ५१ वर्षीय ती व्यक्ति माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।