बाल्टिमोरमा भयानक दुर्घटना
पेन्सिल्भेनिया । अमेरिकाको बाल्टिमोर हार्बर क्षेत्रमा मंगलबार बिहान एउटा दुर्घटना भएको छ । एक कार्गो जहाज बाल्टिमोर हार्बर पार गर्ने पुलसँग ठोक्किएको थियो। यो दुर्घटनापछि पुल भत्किँदा धेरैको ज्यान गएको आशंका गरिएको छ ।
बाल्टिमोर कोस्ट गार्ड अफिसर म्याथ्यू वेस्टले मंगलबार बिहान पुलको आंशिक भत्किएको जानकारी दिए। बाल्टिमोर फायर डिपार्टमेन्टले पनि पुल भत्किएको पुष्टि गरेको छ। यसपछि मेरिल्याण्ड यातायात प्राधिकरणले पुलमा यातायात बन्द गरेको छ ।
कोस्ट गार्ड, फायर डिपार्टमेन्ट लगायतका धेरै एजेन्सीहरूले दुर्घटनामा धेरै हताहती हुने सम्भावना रहेको बताएका छन्। पुल भत्किएपछि धेरै गाडी र मानिस पानीमा डुबेको पनि बताइएको छ । धेरै मानिस बेपत्ता भएको खबर पनि आएको छ । समग्रमा यो दुर्घटनाले ठूलो नोक्सानी तर्फ संकेत गरिरहेको छ ।
बाल्टिमोर फायर डिपार्टमेन्टका निर्देशक केभिन कार्टराइटले २० जना मानिस र धेरै गाडीहरू नदीमा बगेको पुष्टि गरे।
कोस्ट गार्डका अधिकारीले जहाजमा सिंगापुरको झण्डा रहेको बताए । कार्गो जहाजको नाम डाली राखिएको छ र यो ९४८ फिट लामो छ । यो जहाज बाल्टिमोरबाट श्रीलंकाको कोलम्बोतर्फ प्रस्थान गरेको थियो । जहाज फ्रान्सिस स्कट ब्रिजसँग ठोक्कियो।
यो पुल सन् १९७७ मा सर्वसाधारणका लागि खुला गरिएको थियो । यो प्रसिद्ध अमेरिकी लेखक फ्रान्सिस स्कट की को नाम मा राखिएको थियो। फ्रान्सिस स्कट ब्रिज १.६ माइल लामो छ।
🚨#BREAKING: Mass Casualty has been Declared after a Large Container Ship Collides with Key Bridge Causing it completely Collapse⁰
📌#Baltimore | #MarylandCurrently, numerous agencies, including the Coast Guard and fire department have just declared a mass casualty incident as… pic.twitter.com/wvOTOVbvHE
— R A W S A L E R T S (@rawsalerts) March 26, 2024