एभरेस्ट वर्ड क्लास तेक्वान्दो बाल्टिमोरका पाँच खेलाडी यूएस राष्ट्रिय च्याम्पियनसिपमा छनौट
बाल्टिमोर/ एभरेस्ट वर्ड क्लास तेक्वान्दो बाल्टिमोरका पाँच खेलाडी यूएस राष्ट्रिय च्याम्पियनसिपमा छनौट भएका छन्।
एभरेस्ट वर्ड क्लास तेक्वान्दो बाल्टिमोर नेपाली प्रशिक्षक मास्टर कुमार कार्की र उनकी धर्मपत्नी कल्पना कार्कीले सञ्चालन गरेको स्कुल हो।
मार्च २३ तारिख शनिवार सम्पन्न मेरील्याण्ड स्टेट तेक्वान्दो च्याम्पियनसिपमा पदक जित्दै एभरेस्ट वर्ड क्लासका पाँच खलडीले जुलाई चार देखि सात तारिख सम्म टेक्ससमा हुने राष्ट्रिय च्याम्पियनसिपमा स्थान बनाएका हुन्।
छनौट भएका पाँच मध्ये दुई जना नेपालीमुलका छन्। कृषव कार्कीले दुई स्वर्ण पदक जित्दै टेक्सस यात्रा तय गरे। उनले ८-९ वर्ष उमेर समूहमा स्वर्ण जितेका हुन्।
सोही उमेर समूहमा स्मृति श्रेष्ठ पनि दुई स्वर्ण जितिन्। मास्टर कार्कीका अनुसार क्लार्क शेन र लिलियन रोड्रिग्जले पनि दुई स्वर्ण पदक जितेका छन्।
यस्तै मेडलिन शेन एक स्वर्ण र एक रजत पदक जितिन।
स्टेट च्याम्पियनसिपमा स्वर्ण र रजत पदक जित्ने खेलाडीले तेक्वान्दो राष्ट्रिय च्याम्पियनसिपमा खेल्न पाउने व्यवस्था छ।