प्रथम गैर आवासीय नेपाली विश्व महिला सम्मेलनका लागि छलफल
पेन्सिल्भेनिया/ गैर आवासीय नेपाली संघ (एनआरएनए) विश्व महिला सम्मेलनका लागि छलफल सुरु भएको छ। एनआरएनए स्थापनाको दुई दशकमा महिला सम्मेलन हुन लागेको पहिलो पटक हो।
‘महिला सशक्तीकरणको आधार, रोजगारी, उद्यम र व्यापार’ भन्ने मूल नारासहित एनआरएनए बद्री केसी समूहले प्रथम गैर आवासीय नेपाली विश्व महिला सम्मेलन जुन २९ र ३० तारिख काठमाडौँमा आयोजना गर्न लागेको छ।
समूहको सचिवालयका अनुसार महिला सम्मेलनको तयारीका लागि बुधवार काठमाडौँमा विभिन्न सरकारी तथा गैर सरकारी निकायहरूलाई आमन्त्रण गरी प्रथम बैठक सम्पन्न भएको छ ।
बालुवाटार स्थित सचिवालयको भएको बैठकमा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली , सदस्य लिली थापा, पौरखीकी अध्यक्ष शत्र गुरुङ, संस्थापक अध्यक्ष मञ्जु गुरुङ, नेपाल महिला अपाङ्ग संघकी अध्यक्ष टिका दाहाल सहभागी रहेको जनाइएको छ।
यस्तै शक्ति समूह अध्यक्ष चरीमाया तामाङ, महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी साबित्रा शाह , राष्ट्रिय समावेशी आयोगकी सदस्य विष्णु ओझा लाई छलफलका लागि आमन्त्रण गरिएको सचिवालयको विज्ञप्तिमा उल्लेख छ।
यस्तै संघका तर्फबाट अध्यक्ष डा बद्री केसी, महिला उपाध्यक्ष, रोजिना प्रधान राई, महिला सचिव टीका गुरुङ, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत, अधिकृत कुनाल मिश्र लगायतको उपस्थिति रहेको थियो जनाइएको छ ।