अमेरिकाको ब्रुकलिन सबवेमा दुई यात्रुबीच विवाद हुँदा गोली चल्यो
पेन्सिल्भेनिया । न्युयोर्कको ब्रुकलिन सबवे मा दुई जना यात्रुबीच विवाद हुँदा गोली प्रहार भएको छ । जसका कारण सबवेबाट यात्रागर्ने यात्रुहरु समेत त्रसित भएको भिडियो समेत यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
दुई यात्रुबीच विवाद हुँदा एक जनाले बन्दुकले प्रहार गर्दा अर्का व्यक्ति टाउकोमा चोट लागेर गम्भीर घाइते भएका छन् ।
न्युयोर्क टाइम्सका अनुसार ब्रुकलिनको होइट–शेर्मरहोर्न स्टेशनमा पुग्ने सबवेमा दुई यात्रुहरू बीच झगडा भएको थियो ।
झगडापछि दुवैबीच झडप र हानाहान सुरु भएको थियो । त्यसपछि एकजनाले अर्कामाथि गोली चलाएका थिए । गोली लागेर अर्का एक यात्रु गम्भीर घाइते भएका छन् ।
त्यसपछि मेट्रोमा भागदौड भइरहेको भिडियो सार्वजनिक भएको थियो जसमा यात्रुहरू मेट्रोको भुइँमा बसेको देखिन्छ । प्रहरी विभागका प्रमुख माइकल केम्परले एक यात्रु आक्रमक तरिकाले ट्रेनमा प्रवेश गरेपछि घटना भएको बताए ।
New Yorkers are begging the politicians to step up and do the right thing. This video is all over the internet and my anxiety is bad from looking at this. Crack down on those who break the laws. This is horrible. Putting people’s lives at risk. The subways are not safe! Warning… pic.twitter.com/8xqdkbloLU
— Lattina Brown, MPA 🇯🇲 (@LattinaBrown) March 15, 2024