सुपर ट्युज्डे : ट्रम्प रिपब्लिकन नोमिनी लगभग पक्का
पेन्सिल्भेनिया/ मार्च ५ अर्थात् सुपर ट्युज्डे मा भएका प्राइमरी निर्वाचनका नतिजा आइ सकेको छ । बहुप्रतिक्षित रूपमा हेरिएको रिपब्लिकन प्राइमरीमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प निकै अगाडि आए ।
रिपब्लिकनको कुल २ हजार ४ सय २९ डेलिगेट्स मध्ये राष्ट्रपतीय उम्मेदवार बन्न कम्तीमा १ हजार २ सय १५ डेलिगेट्स जित्नु पर्ने हुन्छ । जनवरी १४ मा सम्पन्न पहिलो आयोवा ककस देखि मार्च ५ को सुपर ट्याुज्डे सम्म आइ पुग्दा कुल १ हजार ९६ डेलिगेट्सको टुङ्गो लागि सकेको छ ।
जसमा ट्रम्पले ९ सय ५५ डेलिगेट्स जित्दै आगामी आम निर्वाचनमा रिपब्लिकन पार्टीको उम्मेदवार बन्न लगभग पक्क गरेका छन् । अव ट्रम्पलाई रिपब्लिकन पार्टीको आधिकारिक उम्मेदवार बन्न केवल २ सय ६० डेलिगेट्सको आवश्यक छ ।
पार्टी भित्र उनको प्रतिस्पर्धी मानिएकी साउथ क्यारोलाइनाकी पूर्व गभर्नर निकी हेली निकै कमजोर देखिएकी छिन् । उनले हाल सम्म केवल ८९ डेलिगेट्स जितेकी छिन् । सुपर ट्युज्डे प्राइमरी ककस १५ राज्यबाट ८ सय ५४ डेलिगेट्सको निर्वाचनमा हाल सम्म नतिजा प्राप्त डेलिगेट्स मध्ये ट्रम्पले ७ सय २२ डेलिगेट्स जित्दा हेली ले मात्र ४६ डेलिगेट्स जितिन ।
हेली राष्ट्रपति उम्मेदवारको रेस बाट ब्याक हुने
सुपर ट्युज्डे को नतिजा पश्चात् निकी हेली राष्ट्रपतीय उम्मेदवारको दौड बाट बाहिरिने आँकलन गरिएको छ ।
आज मार्च ६ मा साउथ क्यारोलाइनाको चाल्सट्र्रनमा अहिले बिहान १० बजे पार्टी र जनताको नाममा सम्बोधन गर्दै आफू राष्ट्रपतीय उम्मेदवारको दौड बाट ब्याक हुने निर्णय गर्ने कुरा आँकलन गर्न सकिन्छ ।
यस्तो छ सुपर ट्युज्डेका पन्ध्र राज्यमा भएको निर्वाचनको रिपब्लिकन पार्टीको नतिजा
हिजो सुपर ट्युज्डे प्राइमरी ककसमा रिपब्लिकन पार्टीका लागी १५ राज्य बाट ८ सय ५४ डेलिगेट्सको लागी निर्वाचन भएको थियो । सो मा यो समाचार तयार पार्दा सम्म टुङ्गो लागेको डेलिगेट्स यस प्रकार छ ।
क्यालिफोर्निया ट्रम्प १ सय ६९ हेली ०,
आलास्का ट्रम्प २०, हेली ०,
युटाहा ट्रम्प ४०, हेली ०,
कोलोराडो ट्रम्प २३, हेली ११,
टेक्सस ट्रम्प १४१, हेली ०,
ओक्लेहामा ट्रम्प ३७, हेली ०,
र्अक्यानसास ट्रम्प २७, हेली १,
टेनेसी ट्रम्प ५१, हेली ०,
अलब्यामा ट्रम्प ४१, हेली ०,
टेनेसी ट्रम्प ५१, हेली ०,
नर्थ क्यारोलाइन ट्रम्प ५३, हेली ७,
भर्जिनिया ट्रम्प ३३, हेली ६,
मेनेसोटा ट्रम्प २७, हेली १२,
म्यासाचुसेट ट्रम्प ४० हेली ०,
भर्मन्ट ट्रम्प ०, हेली ९,
र मेन ट्रम्प २०, हेली ० रहेको छ ।
डेमोक्रयाट्समा राष्ट्रपति वाइडेन नै पक्का पक्की
सुपर ट्युज्डेमा डेमोक्रयाटीक पार्टीको तर्फ बाट भने राष्ट्रपति बाइडेन नै हाबी देखिए । हाल सम्म बाइडेन ले १ हजार ४ सय ९७ डेलिगेट्स जितेका छन् भने पार्टी भित्रका अन्य सबै आँकक्षी ले केवल १० डेलिगेट्स जितेका छन् ।
डेमोक्रयाटिक पार्टी बाट पार्टीको आधिकारिक उम्मेदवार बन्न कम्तीमा १ हजार ९ सय ६७ डेलिगेट्स जित्नु पर्दछ ।
सम्भवतः अव अन्य प्राइमरी र ककस नहुने । अव ट्रम्प र वाइडेन बिच आम निर्वाचन २०२४ मा राष्ट्रपतीय उम्मेदवारको लागी निर्वाचन हुने प्राय निश्चित देखिन्छ । यसर्थ अबको प्राइमरी र ककस को निर्वाचन नहुने आँकलन गर्न सकिन्छ ।
किनभने दुवै पार्टी रिपब्लिकन बाट ट्रम्प र डेमोक्रयाट्स बाट वाइडेनको प्रतिस्पर्धी नै अव देखिएनन् । सम्भवतः हेली ले आजको सम्बोधनमा आफू राष्ट्रपतीय दौडबाट पछि हटेको घोषण गर्दै छिन ।