विमानस्थलका सुरक्षाका प्रहरी प्रमुख चन्दले दिए राजीनामा
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल प्रहरीका सुरक्षा प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले पदबाट राजीनामा दिएका छन् ।
चन्दले गत वैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी पाएका थिए । उनको ३० वर्षे सेवा अवधिअनुसार २०८१ चैतसम्म कार्यकाल थियो ।
चन्दले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् ।
विमानस्थलमा भिजिट भिसामा कडाइ भइरहेका बेला डिआइजी चन्दको राजीनामा आएको हो । यद्यपि प्रहरी प्रधान कार्यालयले उनको राजीनामा आइसकेको पुष्टि गरेको छैन ।