पत्रकार प्रधानलाई नोना कोइराला पत्रकारिता पुरस्कार
विराटनगर । पत्रकार प्रतीक प्रधानलाई यो वर्षको नोना कोइराला पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रधानलाई आइतबार विराटनगरमा आयोजित कार्यक्रममा नोना कोइराला स्मृति प्रतिष्ठानले प्रधानलाई पुरस्कृत गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष पुनम कोइराला र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उनलाई पुरस्कार हस्तान्तरण गरे ।
पुरस्कार पाउनका निम्ति पत्रकारिता नगरिने उल्लेख गर्दै तीन दशकदेखि पत्रकारितामा सक्रिय प्रधानले कामको कदरस्वरूप पुरस्कृत गरेकामा उनले धन्यवाद दिए ।
कांग्रेस नेता कोइरालाले व्यावसायिक पत्रकारिताको विकास र लोकतन्त्रको उन्नयनमा गरेको योगदानको कदर गर्दै प्रधानलाई पुरस्कृत गरिएकोे बताए ।
२०६४ सालमा स्थापित प्रतिष्ठानले पत्रकारिता, स्वास्थ्य र सामाजिक क्षेत्रमा विविध कार्य गर्दै आएको यसका पूर्वअध्यक्ष डा. नारायण कुमारले बताए ।