मेसीले फेरी जिते फिफा वर्ष खेलाडी
लण्डन /भर्खरै लण्डनमा फिफा वर्ष अवार्ड २०२३ सम्पन्न भएको छ । उक्त कार्यक्रममा फुटवल खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, कोच, तथा राष्ट्र्रिय टिमहरु अवार्ड बाट पुरस्कृत भएका छन् । पुरुष तर्फको फिफा वर्ष खेलाडीको अवार्ड फेरी एक पटक विश्व विजेता अर्जेटिना तथा इण्टर मायामी क्ल्व का कप्ताना लियोनेल मेसी ले जितेका छन् ।
मेसीले नर्वेजियन स्टार स्टाइकर इरलिगं हल्याण्ड र फ्रान्सका कप्तान केलियन एम्वाप्प लाई पछि पार्दै यो उपाधी जितेका हुन । पश्चिम लण्डनको हयामरस्मीथ एपोलो थिएटर मा सम्पन्न उक्त समारोहमा अवार्ड ग्रहण गर्न मेसी भने उपस्थीत थिएनन् । उनको अनुपस्थीतिमा फ्रान्सेली भेटेरान फुटवलर थिएरी ह्रयनेरी ले मेसीको अवार्ड ग्रहण गरेका थिए । त्यसो त उक्त समारोहमा हल्याण्ड र एम्वाप्पे पनि अनुपस्थीत रहे ।
मेसी र हल्याण्ड दुवैले समान ४८ भोट प्राप्त गर्दा एम्वाप्पेले भने ३५ भोट पाएका थिए । मेसी र ह्लयाण्ड को समान भोट भए पछि राष्ट्र्रिय कप्तानको भोटको आधारमा विजेता को छिनोफानो गरिएको थियो । मेसीले राष्ट्र्रिय कप्तानहरु बाट १३ भोट प्राप्त गरि विजेता बन्दा ११ भोट पाएका हल्याण्ड भने उपाधी विहिन रह्ये ।
महिला तर्फको उपाधी भने महिला विश्वकप विजेता स्पेनीस प्लेमेकर एइटना वोनमाटी ले जितिन् । उत्कृष्ट कोच को उपाधी भने म्यानचेष्टर सीटिका स्पेनीस कोच पेप ग्र्वाडीवालाले जिते । महिला वर्ष कोच को उपाधी भने इंल्याण्ड राष्ट्र्रिय टिम की कोच सेरीना वेगम्यान ले जितिन । पुरुष तर्फको उत्कृष्ट गोलकिपर भने ब्राजिलियन तथा म्यानचेष्टर सीटिका गोलरक्षक एर्डसन ले जिते ।
वर्षको फेयर टिम को उपाधी भने ब्राजिलको सीनियर राष्ट्र्रिय टोली ले जित्यो ।जातिय विभेदका विषयमा ब्राजिलियन टिमले देखाएको एक्यवद्धता र शुन्य सहनशिलता नै उपाधी जित्ने कारण मुख्य रह्यो । फिफा सम्वद्ध राष्ट्र्रिय टिमका कप्तान, कोच, तथा वरिष्ट खेल पत्रकार को भोट को आधारमा अर्वाड विजेताको छनौट फिफाले हरेक वर्ष गर्ने गर्दछ ।