नागार्जुन लोकतान्त्रिक अभियानको शुभकामना तथा चियापान कार्यक्रम

काठमाण्डौं । “नागार्जुन लोकतान्त्रिक अभियान” द्वारा विजय दशमीको अवसरमा शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रममा आयोजना गरिएको छ।
अभियानका संयोजक मनोजमणि आचार्यका अनुसार कार्यक्रममा नागार्जुन नगरपालिका आसपास बसोबास तथा पेशा व्यावसाय गर्नेहरुको सहभागिता रहेको थियो ।
‘विधिको शासनमा विश्वास गर्ने जो कोही यस अभियानमा जोडिन सकिने’ बताउदै संयोजक आचार्यले ‘अबको समाज भूगोल जातपात र दल तथा समूहको सक्रिंणताबाट बिशिष्ट हुने’ बताए ।
रोल्पाका पुराना बासिन्दा आचार्य राजधानीमा केन्द्रित भई समाजसेवा तथा राजनीतिमा सक्रिय छन् ।
कार्यक्रममा मेयर मोहन बस्नेत, त्रिविका पूर्व उपकुलाधिपति तीर्थ थपलिया लगायतको उपस्थिति थियो । नागार्जुन नगरपालिका वडा नम्वर ४ स्थित सेल्स बेरीको प्राङगणमा आयोजित कार्यक्रममा लगभग ३ सय जनाको उपस्थिति थियो ।

