चलचित्र सम्बन्धी बन्न लागेको कानुनप्रति ८ संस्थाको आपत्ति [विधेयकसहित]

काठमाडौं । सरकारले फिल्म सम्बन्धी कानूनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक सदनमा पेश गरिसकेको छ । उक्त विधेयक सरकारको तालुकदार निकाय चलचित्र विकास बोर्डले आफ्नो वेबसाइटमा सार्वजनिक गरेपछि यस क्षेत्रका ८ वटा संस्थाहरुले गम्भीर असहमति जनाएका छन् ।
उनीहरुले, संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई आज ज्ञापन पत्र वुझाउँद्यै विकास बोर्डको पूर्ण स्वायत्त भन्दा बाहिर गएर बनाइएको विधेकले चलचित्र क्षेत्रको समस्या समाधान नगर्ने बताएका छन् ।
यो विधेकले चलचित्र विकास बोर्डलाई संचार मन्त्रालयको एउटा शाखाको रुपमा मात्र परिकल्पना गरेको भन्दै उनीहरुले मन्त्रीको ध्यानाकर्षण पनि गराएका छन् ।
विधेयकमा नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र संघ, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र द्धन्द्ध कलाकार संघ, नेपाल चलचित्र नृत्य संघ, आदिवासी जनजाति चलचित्र महासंघले आपत्ति जनाएका हुन् ।
अहिले पेश भएको विधेयक पारित भएमा विगतमा क्रियाशील रहेको चलचित्र निर्माण प्रदर्शन तथा वितरण ऐन २०२६ खारेज हुने छ ।