तामाङ समाज अमेरिकाले पायो नयाँ नेतृत्व,सन्त बहादुर अध्यक्षमा निर्विरोध

Getting your Trinity Audio player ready...
|
न्यु योर्क/ तामाङ समाज अमेरिकाले नयाँ नेतृत्व पाएको छ। अमेरिकाको न्यु योर्कमा शनिवार सम्पन्न तेस्रो अधिवेशनले सन्त बहादुर तामाङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमितिको निर्विरोध चयन गरेको हो।
यस अगाडि अधिवेशन उद्घाटन समाजका संरक्षक एवं न्यु योर्क सिटी हेल्थ एन्ड हस्पिटल अन्तर्गतको एल्म्हर्ष्ट अस्पतालको कम्युनिटी एडभाइजरी बोर्डका अध्यक्ष लुईसाङ वाईवाले पानसमा बत्ती बालेर गरेका थिए।
समाजका अध्यक्ष विनीता तामाङको अध्यक्षतामा भएको अधिवेशनमा समाजका सल्लाहकारहरू अक्कल तामाङ, सृजना स्याङतान, बौद्ध लामा गुरु अक्कल तामाङ र गैर-आवासीय नेपाली संघ अमेरिका न्यु योर्क शाखाका सचिव राजु तामाङले शुभकामना मन्तव्य दिएका थिए।
तामाङ समाज अमेरिकाका वरिष्ठ उपाध्यक्ष सन्त बहादुर तामाङले कार्यक्रममा स्वागत मन्तव्य दिएका थिए भने महासचिव बुद्धिमान घिसिङले कार्यक्रम सञ्चालन गरेका थिए।
प्रमुख निर्वाचन आयुक्त अक्कल तामाङ र निर्वाचन आयुक्त सिर्जना स्याङदानले निर्वाचन सम्पन्न गरेका थिए।
बन्द सत्रले महासचिवको साङ्गठनिक प्रतिवेदन, अध्यक्षको समसामयिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्व सहमत अनुमोदन गरेको थियो।
तामाङ समाज अमेरिकानयाँ कार्य समिति
अध्यक्ष – सन्त बहादुर तामाङ
उपाध्यक्ष – भोज गोम्बा तामाङ
महासचिव – एस.के. स्याङतान
सचिव – अन्जु लामा
कोषाध्यक्ष – आदिप बम्जन
सह-कोषाध्यक्ष – एन्जिला लामा
सदस्यहरू:
धुतराज डुम्जन
वीर तामाङ
राम तामाङ
रन्जु गाल्थेन तामाङ
अंशु वाईवा
डेचेन लामा
बेग बहादुर तामाङ
स्मृति गाल्थेन तामाङ
प्रेरणा वाईवा
ज्याक तामाङ
भीम माया तामाङ
सन्त तामाङ