एनआरएनए डेलिगेट: अमेरिकाबाट दुई नाम परिवर्तन, वरिष्ठ उपाध्यक्ष उप्रेतीका खास मान्छे समेटिए
पेन्सिल्भेनिया,अमेरिका/ गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को आगामी निर्वाचनमा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाबाट पठाइएको नामावलीमा दुई व्यक्ति परिवर्तन भएका छन्।
एनआरएनए आइसीसी निर्वाचन आयोगले मंगलवार सार्वजनिक गरेको प्रारम्भिक सूचीमा ९० प्रतिशतमा एक र दश प्रतिशतमा एक गरी दुई नाम फेरबदल भएको छ।
आइसीसीले तोकेको अगस्ट अन्तिम दिन एनसीसी अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडे र महासचिव रामहरि अधिकारीको संयुक्त हस्ताक्षरमा पठाइएको नामावलीमा वरिष्ठ उपाध्यक्ष एवं डेलिगेट छनौट समितिका संयोजक विकास उप्रेतीले गम्भीर आपत्ति जनाएका थिए।
एनआरएनए अमेरिकाका अध्यक्ष र महासचिवले पठाएको लिस्ट हेर्न यहाँ क्लिक गर्नु होस।
यो समाचार प्रकासित भए पछि उप्रेतीले समाज टाइम्स सँगको भिडियो कुराकानीमा अध्यक्ष र महासचिवले प्रक्रिया मिचेर असम्बन्धित व्यक्तिलाई डेलिगेट बनाएको आरोप लगाएका थिए।
उप्रेती सँगको समाज टाइम्स संवाद
वरिष्ठ उपाध्यक्ष उप्रेतीले आइसीसीलाई छुट्टै नामावली पठाएको बताएका थिए। आइसीसीका महासचिव गौरी जोशीले पनि अमेरिकाबाट दुई फरक नामावली आएको र त्यसमा छानबिन भइरहेको बताएका थिए।
(अमेरिका बाहेक पनि ६ देशको डेलिगेटमा समस्या देखिएको छ : गौरी जोशी महासचिव एनआरएनए)
एनआरएनए अमेरिकाका अध्यक्ष डा बन्जाडेले केही इररहरु संशोधन गरिएको दाबी गरे। ‘केही इररहरु देखियो भन्ने भयो त्यो संशोधन भएको हो बाँकी त आइसीसीको कुरा हो।’ छोटो प्रतिक्रिया दिँदै अध्यक्ष बन्जाडेले यस बारेमा थप टिप्पणी नगर्ने बताए।
यसै गरी महासचिव अधिकारीले अन्तिम लिस्टबारे अध्यक्ष र वरिष्ठ उपाध्यक्षलाई जानकारी हुने बताए। उनले आफ्नो हस्ताक्षरमा एउटा मात्र पत्र गएको बताए। ‘मैले र अध्यक्षले संयुक्त हस्ताक्षर गरेर पठाएको बाहेक अर्को लिस्टमा म संलग्न छैन।’ महासचिव अधिकारीले भने।
आइसीसीले मंगलवार सार्वजनिक गरेको प्रारम्भिक मतदाता नामावलीमा नीरज पन्त र विकल ढकालको नाम थपिएको छ। हटाइएको नाममा टेक्ससका राजेन्द्र जोशी र न्यूह्याम्सर च्याप्टरका पूर्व अध्यक्ष डम्बर कडरिया रहेका छन्। यस्तै दश प्रतिशतको एक नम्वरमा रहेका डा अन्जुराज कडेललाई नब्ने प्रतिशतमा लगिएको छ। उनको ठाउँमा ढकाललाई राखिएको छ।
पन्त र ढकाल वरिष्ठ उपाध्यक्ष उप्रेतीका घनिष्ठ भएको बताइएको छ। ‘उहाँहरू उप्रेतीको चुनावी अभियानका सारथि नै हुन्।’ टेक्सस निवासी एक अभियन्ताले समाज टाइम्स सँग भने। ‘आफ्ना निकटलाई पार्न नसके पछि उनले प्रक्रियाको कुरा उठाएका हुन्, अध्यक्ष बन्जाडेले वरिष्ठको चित्त बुझाउन दुई जनाको नाम हेरफेर गरेको हुनु पर्छ, प्रक्रिया भन्दा पनि व्यक्तिको इगोले काम गरेको हो।’
तर वरिष्ठ उपाध्यक्ष उप्रेतीले नयाँ लिस्ट पठाइएको बारेमा आफूलाई कुनै जानकारी नभएको जिकिर गरे। ‘को झिकियो मलाई थाहा छैन’ तपाईका दुई जना खास मान्छे संशोधित नामावलीमा परेछन् अब तपाईँले भनेको प्रक्रिया पुरा भयो त भन्ने समाज टाइम्सको प्रश्नमा आक्रोशित हुँदै उप्रेतीले भने।
उनले आफ्नो मान्छे कोही नपरेको दाबी गरे। ‘मेरो मान्छे होइन, संस्थाको मान्छे हुन्।’ उनले पन्त र ढकाललाई आफूले सिफारिस नगरेको पनि दाबी गरे।
‘मैले त बिष्णु राना, डा. दामोदर पौडेल, केन्टकी च्याप्टरका अध्यक्ष केशव लोहनी, धादिङ समाजका अध्यक्ष बद्री खतिवडा, आइसीसी कमिटीमा काम गरिसकेका सुरेन सापकोटा नाम सिफारिस गरेको हुँ।’ उप्रेतीले भने,’मैले त ग्राउन्डमा काम गरेको मान्छे लैजाऊ भनेको हुँ।’
उप्रेतीले अमेरिकाको डेलिगेटका नाम थपघटका बारेमा अब समाचार नै नहुने बताए। ‘तपाई पत्रकारहरुको काम छैन यस्तै समाचार लेख्दै हिँड्ने? तपाई हावा समाचार नलेख्नुस् अरू काम छैन मेरै पछि लाग्ने।’ उनले चेतावनी दिए,’म तपाईँको समाचारको खण्डन गर्छु।’
उनले ढकाल र पन्त सँग आफ्नो कुनै लेनदेन नभएको बताए। ‘तपाईँले लेल्दैमा हुन्छ तपाईँले बुद्धि सुवेदी र डिलु पराजुलीको पैसा खाएर मेरो विरुद्ध समाचार लेखेको हो भनेर म पनि स्टाटस लेख्छु।’
क्रमिक रूपमा आक्रोशित भएका उप्रेतीले अब देखि आफूलाई फोन नगर्न पनि धम्की दिए।
‘तपाई जस्तो पत्रकारले मलाई फोन नगर्नु, अरू पनि पत्रकार छन्।’ उप्रेती परिवर्तनको नारा लगाएर निर्वाचन जितेका व्यक्ति हुन्।
र यो पनि…















