ट्राइयाथलन टोली एसियन गेम्सका लागि प्रस्थान
काठमाडौं । चाइनाको हाङ्गझाउमा आयोजना भइरहेको १९ औँ एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न नेपाली ट्राईयाथलन टोली हाङ्गझाउ प्रस्थान गरेको छ ।
नेपाली टोलीमा टिम व्यवस्थापकमा सङ्घका महासचिव युवराज सुनुवार, प्रशिक्षकमा शुभ श्रेष्ठ र खेलाडीहरूमा श्रेवी महर्जन, युस्का महर्जन, मौलिक महर्जन र वसन्त थारु रहेका छन् ।
ट्राइयाथलनमा नेपालले व्यक्तिगत र मिक्स रिलेमा प्रतिस्पर्धा गर्ने छ । श्रेवी, मौलिक र वसन्तले व्यक्तिगत र मिक्स रिलेमा प्रतिस्पर्धा गर्ने छन् भने युस्काले मिक्स रिलेमा मात्र प्रतिस्पर्धा गर्नेछिन् ।
वसन्त थारु बाहेक अन्य खेलाडीहरूको एसियन गेम्समा पहिलो अनुभव रहेको छ । वसन्त थारुले दक्षिण एसियाली खेलकुदमा नेपालका लागि पदक दिलाई सकेका छन् भने यस अघि कोरियामा आयोजना भएको इनचोन एसियन गेम र इन्डोनेसियामा भएको कार्यकर्ता एसियन गेम्समा सहभागिता जनाइसकेका छन् ।
ट्राईयाथलन प्रतियोगिता १९ गते शुक्रवारबाट सुरु हुनेछ । आधिकारिक रूपमा ट्राईयाथलन सङ्घको स्थापना पश्चात् छोटो समयमा नै नेपाली खेलाडीहरूले नेपालका लागि पदक जोड्न सफल भइसकेका छन् ।
नेपाली टोलीलाई सङ्घका सदस्य मिकेन महर्जन लगायतले अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित बिदाइ गरे ।