अन्ततः सन्दीप एसियन गेम्स खेल्न चीन प्रस्थान

अन्ततः नेपाली राष्ट्रिय क्रिकेट टोलीको नियमित सदस्य सन्दीप लामिछाने एसियन गेम्स खेल्न चीन प्रस्थान गरेका छन् ।
अदालतमा विचाराधिन मुद्दाका कारण उनी नेपाली टोलीसँगै जान पाएका थिएनन् । अहिलेसम्म काठमाडौं जिल्ला अदालतमा १७ पटक मुद्दाको पेसी सरेपछि तनावमा परेका सन्दीप एसियन गेम्स खेल्न नजाने मनस्थिीति बनाएका थिए ।
तर, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कासँगको भेटपछि उनी चीन जान तयार भएका थिए ।
सन्दीप आजै चीन प्रस्थान गरिसकेका छन् । सन्दीपसँग अर्का खेलाडी सागर ढकाल पनि गएका छन् । उनी ललित राजवंशीको स्थानमा टिममा समावेश भएका हुन् । ललित घाइते भएपछि सागरले रिप्लेस गरेका छन् । नेपालको पहिलो खेल भोलि मंगोलियासँग रहेको छ ।