अनेसास कविता महोत्सवमा जगन्नाथ प्रथम
पेन्सिल्भेनिया,अमेरिका/ अनेसास कविता महोत्सव २०२३ मा अमेरिकाको भर्जिनिया निवासी जगन्नाथ पौडेल प्रथम भएका छन् । प्रतियोगिताका लागि प्राप्त तीन सय एक कवितालाई उछिन्दै उनको कविता प्रथम भएको हो ।
साहित्यकार वियोगी बुढाथोकी, रोशन थापा नीरव र सुस्मिता नेपाल निर्णायक रहेको समितिले ललितपुर नेपालका ऋषभदेव घिमिरेको कविता द्वितीय र आनन्द श्रेष्ठ( न्यूजर्सी, अमेरिका), मदन घिमिरे ( कास्की, नेपाल) र सुमन शिरिष (सिन्धुपाल्चोक, ,नेपालको कवितालाई तृतीय घोषित गरेको छ ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गर्दै आएको यो तेस्रो संस्करण हो ।
अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा अनेसास बिओटी सभापति पदम विश्वकर्माले शुभकामना व्यक्त गरेका थिए भने सल्लाहकार प्रतीक ढकालले घिमिरेको साहित्यिक योगदानका बारेमा चर्चा गरेका थिए ।
अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रकविका छोरीद्वय ज्योति पौडेल र शान्ति घिमिरेका साथै अनेसासका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, डा. रेणुका सोलु, महासचिव विमला निरौला, सदस्य तारा अधिकारीले मन्तव्य राखेका थिए भने एकसय एकजना कविले कविता वाचन गरेका थिए।
जूममा करिव छ घण्टा चलेको उक्त कार्यक्रमको पुरस्कार रकमलाई क्रमशः तीर्थ पाण्डे, ईश्वरी भट्ट, तीर्थराज अधिकारी,नेत्रवन्धु पोखरेल र सम्झना अर्यालले प्रायोजन गरेका थिए ।
पुरस्कृत
१. प्रथम- जगन्नाथ पौडेल, भर्जिनिया, अमेरिका
(-पुरस्कार प्रायोजकःतीर्थ पाण्डे)
२. द्वितीय – ऋषभदेव घिमिरे- ललितपुर, नेपाल
(-पुरस्कार प्रायोजकः ईश्वरी भट्ट)
३. तृतीय – आनन्द श्रेष्ठ – न्यू जर्सी,अमेरिका
(-पुरस्कार प्रायोजकः तीर्थराज अधिकारी)
४. तृतीय -मदन घिमिरे, कास्की, नेपाल
(-पुरस्कार प्रायोजकः सम्झना अर्याल)
४. तृतीय – सुन्दर शिरिष, सिन्धुपाल्चोक, नेपाल
(-पुरस्कार प्रायोजकः नेत्रवन्धु पोखरेल)