कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहिवार देखि

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहिवारदेखि सुरु हुँदै छ ।
सचिवालयका अनुसार बैठक दिउँसो १ बजेदेखि सुरु हुनेछ ।
बैठकको मुख्य एजेन्डा महासमिति बैठकको तयारी रहेको छ भने मंसिर १३ देखि १५ सम्म महासमिति बैठक बोलाइएको छ ।
यसका साथै बैठकमा पोलिसी ह्याकाथन, बीपी साहित्य महोत्सव, साउन २० देखि ३० सम्मको संगठन सुदृढीकरणको समीक्षाका साथै समसामयिक विषयमा छलफल हुनेछन् ।