यस्तो पनि प्रतियोगिता : जो सबभन्दा धेरै अल्छी उसैले पाउँछ पुरस्कार
मोन्टेनेग्रो । संसारको हरेक ठाउँ साँच्चै आश्चर्यजनक चीजहरूले भरिएको छ। धेरै पटक उनीहरुको बारेमा सोच्दा नै मन चक्कर लाग्ने गर्छ । अनौठो चलन मात्रै होइन, यस संसारमा अनौठो प्रतियोगिताहरु पनि छन्, जुन यति रोचक छन् कि तपाईलाई सोच्न बाध्य पार्छ । यस्तै एउटा प्रतियोगिता युरोपको एउटा गाउँमा भइरहेको छ, जहाँ प्रतियोगीले मात्र आफ्नो अल्छी देखाउनुपर्ने हुन्छ ।
तपाईंले हट डग खाने प्रतियोगिता, हाई हिल दौड, पत्नी लिफ्टिङ दौड आदि प्रतियोगिताहरूको बारेमा सुन्नु भएको होला। यद्यपि यी सबै प्रतियोगिताहरू केही घण्टामा समाप्त हुन्छन्, तर जुन विशेष प्रतियोगिताको बारेमा आज हामी तपाईंलाई बताउन गइरहेका छौं, त्यो महिनौंसम्म चल्छ किनभने यसमा सबैभन्दा अल्छी व्यक्ति चयन गरिन्छ, जो आफ्नो ठाउँबाट हिड्दैन पनि।
युरोपको उत्तरी मोन्टेनेग्रोको ब्रेज्ना रिसोर्ट गाउँमा यो अनौठो प्रतियोगिता आयोजना गरिएको छ, जुन यतिबेला हेडलाइन बनेको छ । यो प्रतियोगिता हरेक वर्ष आयोजना गरिन्छ र मानिसहरु अल्छी नागरिकको उपाधि प्राप्त गर्न एक महिना ओछ्यानमा बस्छन् । न्यूयोर्क पोस्टको रिपोर्टका अनुसार यस पटक पनि २० दिन बितिसकेको छ र ७ प्रतियोगी मध्ये कोही पनि उठ्न तयार छैनन् । गत वर्ष बनाएको ११७ घण्टाको कीर्तिमान तोडिए पनि कोही उठ्न तयार छैनन् ।
के छ नियम?
यस प्रतियोगितामा सहभागी हुनेहरुले खाने, पिउन, अध्ययन गर्न र मोबाइल-ल्यापटप प्रयोग गर्ने स्वतन्त्रता रहेको छ । तर, सबै काम सुतेरै गर्नुपर्छ । प्रतियोगितामा उठ्ने, बस्ने र उभिनु नियमविपरीत मानिन्छ ।
जसले यस्तो गर्छ उसलाई तुरुन्तै निकालिन्छ। प्रतियोगीहरूलाई प्रत्येक ८ घण्टामा १० मिनेटको शौचालय ब्रेक दिइन्छ। विगत १२ वर्षदेखि चल्दै आएको यो प्रतियोगिताको विजेतालाई १ हजार ७० डलर पुरस्कार दिइन्छ ।