हङकङ र दक्षिणी चीनमा १४० वर्षयताकै सबैभन्दा ठुलो वर्षा, सयौँ प्रभावित
काठमाडौँ : हङकङ र दक्षिणी चीनमा भारी वर्षा भएसँगै व्यापक बाढी आएको छ । हङकङका सडक र सबवे स्टेसनहरू पानीले भरिएका छन् भने विद्यालय र कार्यालयहरू बन्द गरिएका छन् ।
बिहीबारदेखि सुरु भएको मूलधारे वर्षा १४० वर्षयताकै सबैभन्दा ठुलो भएको मौसम अधिकारीहरू बताएका छन् । अधिकारीहरूले उद्धार गरिरहेका छन् भने तस्बिरहरूमा बाढीले भरिएका सडकहरूमा स्थानीयहरू हिँडिरहेका देखिन्छन् ।
मौसमका कारण विगत २४ घण्टामा कम्तीमा ८३ जनालाई अस्पताल लगिएको आपत्कालीन अधिकारीहरूले शुक्रवार बिहान जानकारी दिएका छन् । वर्षाका कारण पहिरो खस्दा केही सडकहरू अवरुद्ध भएका छन् ।
हङकङको सिमानामा पर्ने सेन्जेन सहरले १९५२ मा रेकर्ड सुरु भए देखिको सबभन्दा ठुलो वर्षाको रिपोर्ट गरेको छ । भारी वर्षाको कारण दक्षिण चीनमा पनि असर पारको छ ।
ग्वाङडोङ प्रान्तमा सयौँ उडानहरू रुद्ध गरिएको छ । स्थानीय अधिकारीहरूले अचानक बाढीको चेतावनी दिएका छन् भने तल्लो क्षेत्रका बासिन्दाहरूलाई खाली ठाउँमा बस्न सल्लाह दिएका छन् । दक्षिणी चीनको घना जनसङ्ख्या भएको तटीय क्षेत्रमा करोडौँ मानिस बस्दै आएका छन् ।
हङकङका सामाजिक सञ्जालमा पानी बगी रहेका सडकहरू देखिएका छन् । सडकहरू उग्र नदीहरूमा परिणत भएका छन् । पानी प्लेटफर्महरू चढेको देखाइएको छ । हङकङको मुख्य टापुलाई यसको उत्तर रहेको काउलुन प्रायद्वीप जोड्ने प्रमुख सुरुङ मार्ग क्रस हार्बर पनि डुबानमा परेको थियो ।
मौसम अधिकारीहरूले बिहीबार रातिलाई भारी वर्षाको सङ्केत गरेका थिए । एक घण्टामा ७० मिलिमिटरभन्दा बढी वर्षा हुने चेतावनी दिएका छन् । त्यो रातपछि हङकङ अब्जर्भेटरीले प्रतिघण्टा १५८.१ मिलिमिटर वर्षा भएको प्रतिवेदनमा देखिएको थियो । यो सन् १८८४ मा रेकर्डहरू सुरु भएका देखिकै उच्च हो ।
हङकङ टापु, काउलुन र सहरको उत्तर पूर्वी भागमा १८ः०० स्थानीय समय (१०ः०० जिएमटी) र मध्यरातको बिचमा २०० मिलिटर भन्दा बढी वर्षा रेकर्ड गरिएको थियो । यो वर्षा सामान्यभन्दा बढी हो ।
शेन्जेनले जलाशयबाट पानी निकाल्ने तयारी गरिरहेको थियो तर हङकङका अधिकारीहरूले उत्तरी भागमा बाढी आउने चेतावनी दिएका थिए । चीनको मौसम प्रशासनले शुक्रवार र शनिवार देशको दक्षिण पश्चिम क्षेत्रमा अत्यधिक वर्षा हुने अनुमान गरिएको छ ।
एक सातामा साओला र हाई कुई नामक दुई टाई फुनले दक्षिणी चीनमा आएसँगै भएको वर्षाले सहर बन्द गराएको हो । बारम्बार आउने उष्ण तटीय अधिकहरूको तीव्रताका कारण अचानक बाढी आउँदा क्षति वृद्धि हुँदै गएको छ ।