पूर्व मन्त्री यादवमाथिको आक्रमणविरुद्ध काठमाडौँमा तरुण दलको प्रदर्शन
काठमाडौँ । नेपाली काँग्रेस निकट युवा सङ्गठन, नेपाल तरुण दलले, सहमहामन्त्री एवं पूर्व मन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा काठमाडौँमा प्रदर्शन गरेको छ ।
शुक्रवार रत्नपार्कमा भेला भएर, तरुण दलका नेता कार्यकर्ताले आक्रमणको विरोधमा प्रदर्शन गरेका हुन् ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका प्रदर्शनकारीले आक्रमण नियोजित भएको आरोपसमेत लगाएका छन् ।
प्रदर्शनमा सहभागीले ‘नारायणकाजी मतियार, ज्ञानेन्द्रको हतियार’, ‘पक्षपाती प्रहरी प्रशासन मुर्दावाद’ जस्ता नाराबाजी गरेका थिए ।