महाकाली नदी नियन्त्रण आयोजनाको कार्यालय तत्काल हट्दैन : मन्त्री बस्नेत
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बस्नेतले, दार्चुला सदरमुकामको महाकाली नदी नियन्त्रण कार्यालय हटाउन लागिएको भन्ने कुरा सत्य नभएको बताएका छ ।
आज प्रतिनिधि सभामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको प्रश्नोत्तरमा सांसद दिलेन्द्र बडुले सोधेको दार्चुला जिल्लाको सदरमुकाममा महाकाली नदी नियन्त्रण आयोजनाको कार्यालय योजना अनुसारको काम पूरा नहुँदै, हटाईदैँ छ भन्ने कुरा सत्य हो ? प्रश्नमा उनले तत्काल कार्यालय नहट्ने प्रस्ट पारेका हुन् ।
उनले भने ‘दार्चुला जिल्लाको सदरमुकाममा महाकाली नदी नियन्त्रण आयोजनाको कार्यालय महाकाली आयोजनाको काम पूरा नभएर त्यहाँबाट सारिदैँन् । ’
२०७० मा आएको बाढीका कारण महाकाली नदी नजिकको क्षेत्रमा ठुलो क्षति पुर्याएको थियो ।