रिजालको निधनले लोकतान्त्रिक आन्दोलनलाई ठूलो क्षति : डा.भट्टराई
काठमाडौं । नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष डा=बाबुराम भट्टराइले काठमाडौं महानगरपालिका १६ का वडाध्यक्ष मुकुन्द रिजालको आकस्मिक निधनले लोकतान्त्रिक आन्दोलनलाई ठूलो क्षति पुगेको बताएका छन् ।
बिहीबार बिहान उपचारको क्रममा नेपाली कांग्रेस रिजालको निधन भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत डाक्ट भट्टराईले उनको निधले लोकतान्त्रिक आन्दोलनलाई ठुलो क्षति पुगेको बताए हुन् ।
‘नेपाली कांग्रेसका प्रतिभाशाली नेता तथा काठमाण्डौं मनपा–१६ का लोकप्रिय वडाध्यक्ष मुकुन्द रिजालको आकस्मिक निधनमा अत्यन्त दुःखित छु।’ उनले लेखेका छन् ‘गत आमनिर्वाचनको क्रममा वहाककको जनशैली र क्षमतालाई नजिकबाट बुझ्ने अवसर मिलेको थियो! वहाँको निधनबाट लोकतान्त्रिक आन्दोलनलाई ठूलो क्षति पुगेको छ।’
शोकसन्तप्त परिवारजनमा समवेदना दिएका भट्टराईले रिजालको आकस्मिक निधनले आफूलाई अत्यन्त दुःखि बनाएको बताएका छन् ।