डेंगुका कारण काठमाडौं महानगरका वडाध्यक्ष मुकुन्द रिजालको निधन
काठमाडौं । डेंगु संक्रमणबाट काठमाडौं महानगर पालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।
बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
डेंगु संक्रमणपछि उनी ग्राण्डी अस्पतालमा उपचार गराइरहेका थिए ।
रिजाल गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट अध्यक्ष उम्मेदवार भएर विजयी भएका थिए ।