गृहमन्त्रीले राजीनामा नदिए आमरण अनशन बस्ने सांसद शर्माको चेतावनी [भिडिओसहित]
काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए आमरण अनशन बस्ने चेतावनी दिएका छन्।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माफी माग्नु पर्ने समेत बताए ।
‘अहिलेका गृहमन्त्रीले बिना शर्त राजीनामा गर्नुपर्छ, मेरो अहिलेदेखि अन्तिमसम्म माग छ । यदि गृहमन्त्रीले राजीनामा गर्नुहुन्न भने र प्रधानमन्त्रीले अपोलोजी गर्नुहुन्न भने आमरण अनशन डिक्लियर गर्छु । ’
उनले आफूले सुन तस्करी प्रकरणमा नैतिक रुपमा संलग्न व्यक्तिहरुको राजीनामा माग गर्दा आफूलाई पक्राउ गरेर दुख दिएको भन्दै आक्रोश पोखे ।
प्रधानमन्त्रीले आतंककारी सरकारको नेतृत्व गरेको कि प्रजातान्त्रिक सरकारको ? उनको प्रश्न छ । ‘गृहमन्त्री, प्रधानमन्त्रीले आतंककारी सरकारको नेतृत्व गर्दै हुनुहुन्छ कि डेमोक्रेटिक सरकारको नेतृत्व गर्दै हुनुहुन्छ’ । नेपाल न्यूज बैंकबाट ।
प्रधानमन्त्री र गृहमन्त्री लक्षित आतंककारी शब्द प्रयोग गरेपछि माओवादी केन्द्रको आपत्ति
August 14, 2023 @ 6:54 am
[…] गृहमन्त्रीले राजीनामा नदिए आमरण अनशन… […]