डा. राजन पन्त एनआरएनए अमेरिकाको प्रवक्ता नियुक्त, सोफिन थापा फेरि चिप्लिए
पेन्सिलभेनिया,अमेरिका/ डा.राजन पन्त गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको प्रवक्ता नियुक्त भएका छन्।
एनआरएनए अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडेले पन्तलाई आइतबार प्रवक्तामा नियुक्त गरेका हुन्।
एनआरएनए अमेरिकाका महासचिव रामहरि अधिकारीले अध्यक्ष बन्जाडेले विधानको अधिकार प्रयोग गरेर नियुक्ति दिएको जानकारी आफूले पाएको बताए।
‘अध्यक्षले नियुक्ति गरेर हामीलाई आजको बैठक सुरु हुनु भन्दा ४५ मिनेट अगाडि जानकारी दिनु भयो, उहाँले विधानले दिएको अधिकार प्रयोग गरे भन्नु भयो।’ समाज टाइम्स सँगको कुराकानीमा महासचिव अधिकारीले भने।
नियुक्ति पछि पन्तले आइतबार भएको बोर्ड बैठकमा सहभागिता समेत जनाएको बताइएको छ। ‘हो आजै मैले नियुक्ति पत्र पाए र बैठकमा पनि सहभागी भए।’ नियुक्ति पछि समाज टाइम्स सँग पन्तले भने।
उनले अब आफूले सबैको राय र सल्लाहमा काम गर्ने बताए। ‘म सबै साथीहरू सँग सरसल्लाह गरेर पदीय जिम्मेवारी पुरा गर्छु, काम गर्न सक्दिन भन्ने लाग्यो भने छोडी दिन्छु।’
सोफिन थापा फेरि चिप्लिए
एनआरएनए अमेरिका अन्तर्गत टेक्सस च्याप्टरका निवर्तमान अध्यक्ष सोफिन थापा फेरि एक पटक चिप्लिएका छन्।
निर्वाचन अगाडि थापालाई प्रवक्ताको पद बाँडिएको जनाइएको थियो। थापा एनआरएनए आइसीसीका महासचिव टेक्ससका व्यवसायी गौरी जोशी र वरिष्ठ उपाध्यक्ष विकास उप्रेतीका खास मान्छे हुन्।
चुनाव अगाडि सुरुमा जोशीले नै थापालाई महासचिवको उम्मेदवारको रूपमा अगाडी सारेका थिए। तर पछि टिम मिलाउने क्रममा थापालाई भावी प्रवक्ताको ग्यारेन्टी गरिएको भनिएको थियो। जोशी समुहले चुनावमा डा. बन्जाडेलाई सधाएको थियो।
ठुला च्याप्टरका अध्यक्षहरू गत निर्वाचनमा कुनै न कुनै पदमा उम्मेदवार भन्दा थापा भने उधारो प्रवक्तामा आश्वस्त बनेका थिए।
जोशी पक्षले पनि चुनाव अगाडिको भद्र सहमति कार्यन्वयन गर्न दबाब दिँदै आएको थियो।
तर डा. बन्जाडेले जोशी समूहको दबाबलाई अटेर गर्दै अध्यक्षलाई विधानले अधिकार प्रयोग गर्दा टेक्ससका थापा फेरि रित्तो हात हुन पुगेका हुन्।
एनआरएनए अमेरिकाको दोस्रो बैठक: अध्यक्ष बन्जाडेलाई फेरि झड्का, महत्त्वपूर्ण दुई प्रस्ताव भएन पा
August 13, 2023 @ 11:24 pm
[…] डा. राजन पन्त एनआरएनए अमेरिकाको प्रवक… […]