नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष सुभाष घिमिरे ‘मौन विद्रोह’ को तयारीमा
पेन्सिलभेनिया, अमरिका / नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सभापति सुभाष घिमिरेले आफु ‘मौन विद्रोह’ को तयारीमा रहेको जनाएका छन्।
नेपालमा चितवनका घिमिरे लामो समय देखि अमेरिकाको मेरील्याण्डमा बसोबास गर्दै आएका छन्। घिमिरेले आफु ‘मौन विद्रोह’ उपन्यास लेखनको अन्तिम तयारीमा रहेको समाज टाइम्सलाई बताए।
उनले नेपाली र अंग्रेजी दुबै भाषामा एकै साथ पुस्तक प्रकासन गर्ने बताए। ‘म अहिले चितवनमा छु, दशै अगाडि नै दुबै पुस्तक प्रकाशन गर्ने गरि तयारी गर्दै छु।’ समाज टाइम्स सँग घिमिरेले भने।
उनका अनुसार अंग्रेजी नाम ‘The Silent Rebellion’ रहेको छ। घिमिरेका अनुसार उनको उपन्यास नारीको कथामा आधारित रहेको छ।
मौन विद्रोहको कथाको सार
यो एउटी नारीको कथा हो । एउटी आम नारीको मौन विद्रोहको कथा । एउटी छोरी, पत्नी, बुहारी अनि आमाको कथा जसमा सबैमा झैंमानवीय संवेदनाहरू छन्, अनि छन् चाहना, इच्छा र आकांक्षाहरू । ऊ जिउन चाहन्छे एउटा सुखी जीवन । उसका ठूला ठूलामहत्वाकांक्षाहरू छैनन् । जीवनबाट उसले ठूलो आशा गरेकै छैन । उसको चाहना सामान्य छ- एउटा सानो घर होस्, एउटा मायालु लोग्नेहोस्, दुई मुनाहरू होऊन् जसमाथि ऊ खन्याउन सकोस्, आफ्नो मातृवात्सल्य । उसलाई ठूलो ओहोदामा पुग्नु छैन, न त ठूलो मान्छे नै बन्नुछ । ठूलो बंगला, महँगो गाडी वा रत्नजडित गरगहना पनि होइन उसले खोजेकी । के नै चाहेकी थिई र उसले जीवनबाट ? के खुसी भएरजिउन पाउनु उसको अधिकार थिएन ? किन पूरा भएनन् उसका ती सरल नैसर्गिक चाहनाहरू र उसले रोज्नुपऱ्यो मौन विद्रोहको यो मार्ग ? हो, यो त्यही कथा हो ।
एउटा निर्दोष फूल झैं देखिने उसले जीवनमा के भोगिन ? उसलाई हेरेर कसले भन्न सक्छ ऊ आफूभित्र कत्रा कत्रा आँधीतुफान बोकेरहिंडेकी छ ! कसरी बेहोरेकी छ उसले जीवनका घातप्रतिघातहरू अनि कसरी सहेकी छ समयले दिएका चोटहरूलाई ! छातीभित्र दन्दनीबलिरहेको आगोलाई पचाई उसले । कसरी झेलेकी छ उसले त्यो जलनलाई । यो त्यही नारीको कथा हो जो आज आफ्नो कथा भन्नउभिएकी छ दुनियाँसामु । एउटा सुनसान अँधेरी रात र जीवनको कथा । यो कथा सदाको लागि ऊसॅंगै समाप्त हुन सक्थ्यो । त्यो रातआफ्नै दुई वर्षकी छोरीको “मम्मी!” भन्ने आवाज नसुनेको भए सायद आज यो कथाको पनि जन्म हुने थिएन । त्यो दैवी वाणीमा उसलेदेखी जीवनप्रकाशको एउटा झिल्को । त्यसैले त आज ऊ खडा छ हाम्रो सामु आफ्नो कथा भन्न ।
मेरो नाम अनामिका हो । तर सबै मलाई अनु भनेर बोलाउॅंछन् । औपचारिक प्रमाणपत्रहरूमा मात्र छ अनामिकाको उपस्थिति र अस्तित्व। नत्र म सर्वत्र अनु नै हुँ । मलाई मेरो नाम पण्डितले जानेरै राखे जस्तो लाग्छ । वास्तवमा म अनामिका नै त हुँ नि । आफ्नै नाम भएर पनित मेरो नाम कहाँ छ र ? आफन्त, ईष्टमित्र र औंलामा गनिने साथीसंगीहरू बाहेक अरू कसले चिनेको छ र मलाई ? बोलाउनैको लागिबाहेक मेरो नामको अन्य के प्रयोजन ? के उपयोगिता ? फेरि एउटै नाम भएका पनि त कैयौं हुन्छन् नि । कुनै नाम विशेषले त्यो व्यक्ति ममात्रै हुँ भन्ने पनि त हुँदैन । आखिर नामको यति धेरै महत्व किन ? कहिलेकाहीं सोच्छु- साँच्चै के थिएँ म मेरो जन्मपूर्व, को थिएँ ? कुनैदिनयो काया ढलेपछि के हुनेछु म, को बन्नेछु ? यो जन्ममा मैले पाएको नामको मात्रै चर्चा हुनुपर्ने किन ? पण्डितले न्वारनमा मेरो अर्कै नामराखिदिएको भए आखिर त्यही नामले त म चिनिन्थें नि । फेरि मान्छेहरूलाई किन यति ठूलो मोह आफ्नो नामकाप्रति ? त्यसैले मलाईलाग्छ म जे छु ठीक छु । म मेरो नाम जस्तै बेनामी नै रहन चाहन्छु, अनामिका नै बन्न चाहन्छु ।
जीवनका यति धेरै वर्षहरू बितिसके । जीवनलाई फर्केर हेर्दा यो बाल्यकालमा हेरेको पुरानो चलचित्र झैं लाग्छ । अजीब छ स्मृति, जीवनका कतिपय घटना ताजै छन् स्मृतिमा, ती भर्खर भर्खरै घटित भएका हुन् जस्तो लाग्छ । कतिपय अन्य घटनाहरूलाई स्मरण गर्नेजतिसुकै प्रयत्न गरे पनि ती सबै प्रयत्नहरू व्यर्थ हुन्छन् । ती अब सदाको लागि विस्मृतिमा लोप भइसके । मृत्युशय्यामा पनि त जीवनयसभन्दा भिन्न देखिने छैन- स्मृतिमा छापिएका एक भारी घटनाहरू सहितको कथाजस्तो । आफ्नो कथा सुनाउॅं कि नसुनाउॅंको द्विविधामालामै समय व्यतीत भयो । तर फेरि ममा अभिव्यक्तिको हुटहुटी जाग्न थाल्यो । म सायद प्रमाणित गर्न चाहन्छु आफ्नै अस्तित्व रआश्वस्त तुल्याउन चाहन्छु आफैलाई । मेरो चासो र सरोकारबिना, मेरो हस्तक्षेपबिना चलिरहेको विराट अस्तित्व समक्ष म आफ्नोउपस्थितिको दलिल पेश गर्न चाहन्छु । अभिव्यक्तिको अर्थहीनतालाई हृदयंगम गरेर मौन रहेको चेतना अवचेतन मनको स्थायित्वकोचाहले जागृत हुन थाल्छ । अनि म पुनः पोखिन चाहन्छु, व्यक्तिन चाहन्छु । अस्थायी, क्षणभंगुर आफ्नो अस्तित्वमा म स्थायित्वको नमेटिने अजर अमर छाप लगाउन चाहन्छु ।