किन ढल्यो एनआरएन अमेरिकामा संस्थापनको जग ?
पेन्सिलभेनिया, अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकामा सन् २०१४ यता संस्थापन पक्षले नेतृत्व गुमाएको छ।
नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री डा. यादव पण्डित र एनआरएनए आइसीसीका महासचिव डा. केशव पौडेल लगायतलाई संस्थापन पक्ष भनिन्न्यो। डा. पण्डित आफै एनआरएनए अमेरिकाको लाभको पदमा आएनन् तर उनलाई नसोधी ‘पात‘ पनि हल्लिँदैन भन्ने स्थापित भएको थियो।
नेपाली जनसम्पर्क समिति अमेरिकाको सन् २०१४ मा भएको निर्वाचनमा हार्ने पक्षले त्यस पछि एनआरएनमा रजगज चलाउँदै आएको थियो। त्यो बेला अध्यक्षमा बिष्णु सुवेदी र डा. अर्जुन बन्जाडे पराजित भएका थिए। चुनाव जितेका आनन्द विष्टले त्यस पछि अहिले सम्म अधिवेशन गरेका छैनन्।
जनसम्पर्क समिति गुमाएको त्यो समुहले डा. केशव पौडेललाई अध्यक्ष बनायो। उनले दुई कार्यकाल चलाए। कोठामा थुनिएको एनआरएनए अमेरिकाको सङ्गठन देश भर फैलाए, साथमा विवाद पनि।
डा. पौडेलको पहिलो कार्यकालमा जति सहज थियो, दोस्रो कार्यकालको निर्वाचन त्यत्ति नै असहज बन्यो । आफैले एनआरएन अभियानमा भित्राएका कुनै बेलाका पौडेलका हितैषी, व्यापारिक साझेदार गौरी जोशी इतर समूहको नेतृत्व गर्ने अवस्थामा पुगे ।
अमेरिकी एनआरएनको अभियानमा देखिने गरि दुई खेमाको राजनीतिको सुरुवात डा. पौडेल र व्यवसायी जोशीको टसलले गर्यो। त्यसो त नेपाली राजनीतिको रङ्गभेद एनआरएन अमेरिकामा नभएको होइन । तथापि, नेपाली राजनीतिमा लेफ्ट विगंसको समर्थन गर्ने समूहको प्रभाव अमेरिकी एनआरएनमा नगन्य मात्र रहँदै आएको थियो ।
यस आलेखमा आसन्न निर्वाचनका सन्दर्भमा केही विषयगत विश्लेषण गरिएको छ । यो विश्लेषण तथ्यगत नभई विषयगत हो । यहाँ प्रस्तुत विचार र दृश्य परिदृश्य अनौपचारिक रूपमा भेटिएका कथन र परिवेशमा आधारित छन् ।
परिवेश १: डा. पौडेलका दुर्भाग्य
डा. पौडेलले पहिलो पटक एनआरएन अमेरिकाको नेतृत्व गरे यता उनले जो जसलाई विश्वास गरी किचेन क्याबिनेटको सदस्य माने कालान्तरमा तिनीहरू नै उनको प्रतिपक्ष बन्ने रोचक दृश्य देखियो । केही नाम नै लिनु पर्दा गौरी जोशी, सुनिल शाह, कृष्ण जीवी पन्त, डा. अर्जुन बन्जाडे, प्रमोद सिटौलाहरू ।
सम्भवतः यी सबैलाई एनआरएन मुभमेण्टमा न्वारन गरिदिने डा. पौडेल नै हुन् । आज यिनी हरू सबै संस्थापन इतर समूहको प्रतिनिधित्व गर्दछन् । आउँदो आइसिसी निर्वाचनको सँघार सम्म पुग्दा नपुग्दा हाल मात्र निवर्तमान भएका एनआरएनए अमेरिका अध्यक्ष बुद्धि सुवेदीको नाम पनि यो समूहमा जोडिए आश्चर्य मान्नु पर्दैन ।
डाक्टर द्वयले जस जसलाई चुनाव जिताएका छन् अर्को पटक उनीहरू नै विरोधी भएका छन्।
भर्खरै सम्पन्न निर्वाचनमा कम्तीमा पनि एनआरएनए अमेरिकाका तत्कालिन उपाध्यक्ष सुमन थापालाई मात्र आफै सँग राख्न सकेको भए “मिसन एक्मपिल्सट” को ब्यानरमा थापा रमाउदैनथ्ये होलान्।
डाक्टरहरूले आफ्नै टिम भित्रको मान्छेलाई उचाल्ने अनि थेचार्ने गरेको आरोप पहिला देखि नै लाग्दै आएको छ। थापाले पनि आफूलाई पहिला उचालेर पछि धोका दिएको उनी निकट सँग दुखेको पोखेका थिए।
यसै गरी वरिष्ठ उपाध्यक्ष कृष्ण जीवी पन्तलाई ‘ढोका थुनेर बिरालो कुट्ने‘ शैली अपनाउँदा पनि परिस्थित फरक भइदियो। आफ्नो समूह छोडेर अघिल्लो वर्ष नर्थ क्यारोलिना साधारण सभामा हात मिलाउन आएका पन्तलाई संस्थापनले कहिल्यै आफ्नो मान्छे ठानेनन्।
कार्यवाहक अध्यक्षको हैसियतले चलाउन लागेको एउटा बैठक पनि खोसिए पछि उनी ‘घाइते बघिनी‘ बनेको आफू निकटलाई बताउने गर्छन्।
संस्थापन पक्षलाई देखाइदिने भन्दै पन्त र थापाले आफू उम्मेदवार नभए पनि ’तन, मन र धन’ को अधिकतम प्रयोग गरे । अघोषित मिसन “हेप्ने लाई देखाइदिने” मा ज्यानले भ्याए सम्म उनीहरू लागे । चुनाव जित्न गर्न बाँकी केही राखेनन् । विषेशत न्यु योर्कमा अर्को पक्षले बनाएको भोट आफूतर्फ ल्याएरै छाडे।
आफ्नै खेमाका थापा र डिलु पराजुलीलाई एउटै टिममा समेट्न नसक्नु या समेट्न डा. पौडेल भन्दा बाहिरका अदृश्य शक्तिले नचाहनु नै उनका लागि प्रति उत्पादक बनेको देखिन्छ । डा. पौडेलका “किचन क्याविनेटर” हरू किन “याडभसरी क्याबिनेट” तर्फ धकेलिन्छन्? यसको गहिरो चिन्तन र प्रभावको गहन मनन डा. पौडेलले गरी रहेका होलान् ।
परिवेश २: फेस भेरिफिकेसन गलाको पासो
एनआरएन अमेरिकाको भर्खरै सम्पन्न निर्वाचनको मतदान साबिक मतदान प्रणाली भन्दा भिन्न रह्यो । एमआइएस प्रणाली अन्तर्गत लाइभ फेस भेरिफिकेसन प्रणाली अमेरिकी एनआरएन निर्वाचनमा नयाँ तरङ्ग सहित उमङ्ग ल्याएको छ । यो प्रणाली कायम रहिरहेमा पकेटको भोट (सदस्यता किनेर आइडी पासकोर्ड पकेटमा राख्ने) बिक्री वितरण गर्ने ठेकेदारहरूको खेतीमा केही हद सम्म खडेरी लगाइदियो।
मतदातालाई ‘बुथ‘ सम्म पुग्नै पर्ने बनायो। यो प्रणालीको नाफा नोक्सानको वासलात तयार नगरी मतदान प्रक्रियालाई नयाँ प्रणालीमा लैजाने बुद्धि सुवेदीको टिम पक्कै पनि धन्यवादको हकदार छ । अर्को तर्फ आजीवन सदस्यको ठुलो सङ्ख्या मतदानबाट वञ्चित भयो।
अर्को तर्फ आइसीसीका कार्यकारी अध्यक्ष डा. बद्री केसी टिम नै बन्जाडेका लागि दाहिने भयो।
परिवेश ३: कांग्रेसी गुट उपगुटमा विभाजित, वामपन्थीको आक्रामक एकता
अमेरिकी नेपाली समाजमा अहिले सम्म पनि यति विभक्त छ कि सायदै २०४६ पश्चातको नेपाली समाज । यहाँ वामपन्थी धार हर हालतमा लोकतान्त्रीक धारलाई हराउन चाहन्छ । त्यसलाई कमजोर बनाउन चाहन्छ ।
वामपन्थीहरुको सङ्गठन विस्तार आक्रामक रूपमा अगाडि बढेको छ। उनीहरू विधिवत् रूपमा एकगठ्ठा भएका छन्। तर कांग्रेसीहरु प्रस्ट रूपमा दुई समूह र त्यस भित्र पनि विभिन्न उपगुटमा रुमल्लिएको छ। एउटाले अर्कोलाई देख्नै नसक्ने।
सन् २०१४ मा चुनाव जितेका आनन्द विष्ट अहिले एक्लै नाम मात्रको संस्था चलाएका छन्। जनसम्पर्क समितिको अध्यक्षमा हारेका बिष्णु सुवेदी र वरिष्ठ उपाध्यक्षमा वेद खरेल सहित डा. पण्डित, डा. पौडेल, मुनीन्द्र नेम्वाङ्ग, एनआरएनए अमेरिकाका पूर्व निर्वाचन आयुक्त विश्व बराल बिचमामा त्यो गुटको को ठुलो नेता भन्ने ’टसल’ छ। उनीहरू बिचको ‘इगो‘ डिलुका लागि महँगो परेको देखिन्छ ।
त्यसो त नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा विष्ट सँग मागेर ‘प्रतिनिधि‘ भए पछि यो गुटको जनआधार खस्कँदै गएको छ। न्यूयोर्कमा सुवेदी, खरेल, र नेम्वाङ्गको भरमा चुनाव जितिन्छ भन्ने पराजुलीको दर्शन फेल खाएको देखिन्छ । सुवेदी निकट टक रुवाली,खरेल र नेम्वाङ्ग समूहले एकले अर्कोलाई छिर्के हानेको आरोप एक आपसमा लगाएका छन्। नेम्वाङ आर्थिक रूपमा अलोकप्रिय पात्र हुन्।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन चौलागाई र उपाध्यक्षका उम्मेदवार सन्तोष पहारीले एकले अर्कोलाई देखाउँदा दुवै जना पल्टिएको विश्लेषण गरी गरिँदै छ।
तर वामपन्थीहरूले यो पटक गर या मरको शैली अपनाए। प्रवासी नेपाली मञ्चको माध्यक्षबाट सदस्य विस्तार देखि मतदानको दिन सम्म उनीहरू एक ढिक्का भए। जनसम्पर्क समितिमा विष्ट पक्ष र केही स्वतन्त्र मत पनि डा. बन्जाडेलाई पर्यो।
यस अगाडि चुनावमा संस्थापन पक्ष टिमका लागि भोट माग्नेमा कहलिएको थियो। यस पटक ठिक उल्टो भयो। अरु जे सुकै होस बन्जाडेलाई जिलाउन पर्छ भनेर टिमका लागि भोट मागे। तर डिलु टिममा उमेम्दवारकले आफ्ना लागि भोट मागे।
परिवेश ४: डिलु पराजुली भन्दा डा. बन्जाडेको बलियो ‘रेजुमी‘
पछिल्लो समय एनआरएनए अमेरिका मुलत विजिनेश पार्टनरहरुको क्रीडा स्थल जस्तो बनेको थियो । समान व्यवसाय गर्ने वा लगानी पर्टनरहरु बिचमा समन्वय गरी भाइटल पदमा उनीहरुले नै मिलीजुली लिने परिपाटीको विकाश भएको देखिन्छ ।
बुद्धि सुवेदीको कार्यकालमा आउँदा यो प्रस्ट थियो । कार्यक्रमको आयोजना गर्दा होस या पद तथा जिम्मेवारीको बाँडफाँडमा प्राथमिकता तिनै पर्दथे जो ब्यावसायमा निकट रहन्थे । आम भोटरहरू यो पद्ती प्रति अनुदार हुँदा हुँदै पनि अघिल्ला चुनावमा पकेट मत निर्णायक हुने हुँदा ब्याक्तिको अभिमत गौण रहँदै आएको थियो ।
अर्को तर्फ पराजुलीको नेतृत्व स्विकार्न उनकै महासचिवका प्रत्याशी रामहरि अधिकारी समेत तयार नरहेको कुराहरू अहिले बाहिर आउन थालेका छन् । रामहरि र डिलु एकै समय च्याप्टर सभापतिबाट एनआरएनए अमेरिकाको राजनीतिमा प्रवेश गरेका हुन्।
रामहरि न्यु योर्कमा दुई कार्यकाल सभापति भए। सोही समयमा डिलु केन्टकीमा दुई कार्यकाल सभापति भए। अघिल्लो चुनावमा रामहरि र डिलु दुवै जना संस्थापन टिमबाट उपाध्यक्षमा मैदानमा उत्रिएका थिए। डिलुले चुनाव जित्दा रामहरि पराजित भएका थिए। डिलुका कारण रामहरिको यात्रामा तगारो लागेको उति बेला नै न्यु योर्कका मतदाताले नोटिस गरेका थिए।
जानकारहरूका अनुसार यस पटक सुरुमा रामहरि डा. अर्जुन टिमको महासचिवका लागि ’इच्छुक’ थिए। तर त्यस अगाडि नै सो समूहको महासचिवमा गोपेन्द्र भट्टराई बुक भए पछि रामहरि संस्थापन तीर फर्किएका थिए। उनलाई संस्थापन पक्षको महासचिव बनाउन सो समूहमा ’टिकट’ बाढ्ने टोलीका एक बिष्णु सुवेदी र न्यु योर्कका हर्ताकर्ता टक रुवालीको जोडबल रहेको थियो। तर चुनावका दिन टक पनि रामहरिलाई मात्र जिताउन केन्द्रित देखिएको गुनासो उनकै टिमको छ।
त्यसो त, एनआरएन अभियानमा पराजुली भन्दा डा. बन्जाडेको योगदान अलिक लामो भएको मतदाताको विश्लेषण देखिन्छ।
सिकागोमा भएको १२ औ साधारण सभामा डा. बन्जाडे भन्दै थिए, ‘डिलु जी एक हारले नआत्तिनु होला म पनि तेस्रो पटकमा सफल भएको हुँ।‘
हुन पनि डा. पौडेलको उत्तराधिकारीका रूपमा नै डा. बन्जाडेले आफूलाई अगाडि सारेका थिए। तर त्यो समय तत्कालीन वरिष्ठ उपाध्यक्ष सुनिल साहका लागि पछाडि हटेको उनको दाबी थियो।
अर्को पटक साह बाहेक अन्यको साथ नपाउँदा उनी अध्यक्षको प्रतिस्पर्धामा तेस्रो भएका थिए। यस पटक बन्जाडेलाई हेरौँ न त भन्ने पनि देखिए।
त्यो भन्दा पनि भोटका हिसाबले संस्थापन पक्ष उहिल्यै देखि कमजोर थियो। विपक्षीहरू मिल्न नसक्दाको फाइदा संस्थापन पक्षले लिँदै आएको थियो। ‘हामीले जो उठाए पनि जित्छ‘ भन्ने उनीहरूलाई परेको थियो। तर यस पटक विपक्षमा रहेका गौरी जोशी, सुनिल साह, वामपन्थी गरी तीन समूह
अभुतरुपमा एक भएको मात्र होइन, संस्थापनमा सुमन थापालाई पनि आफ्नो पोल्टामा पार्न सफल भए। जसले धेरैका ‘दयालु‘ डिलुले लगानी अनुसारको प्रतिफल पाउन सकेनन्।
“सबै भन्दा रमाइलो पक्ष फेरि पनि एनआरएनए आइसिसीका महासचिव दोहोर्याउने बताएका गौरी जोशीले संस्थापनकै मान्छे टिपेर उनीहरूलाई नै देखाइदिए। ‘डा. तिम्रा राजनीति ल हेर‘।”
डाक्टर टिममा असन्तुष्टलाई टिप्दै स्पेस दिदै आएका गौरी अब आफु संस्थापक पक्षको नेता बनेका छन्।
एनआरएनए आइसीसीमा अमेरिकाबाट झन्डै दर्जन उम्मेदवार, अध्यक्ष र महासचिवमा दुई-दुई जना
August 3, 2023 @ 1:16 pm
[…] किन ढल्यो एनआरएन अमेरिकामा संस्थापनक… […]
एनआरएनएको ११ औं विश्व सम्मेतल अक्टोबर १७ देखि काठमाडौंमा
August 6, 2023 @ 11:31 pm
[…] किन ढल्यो एनआरएन अमेरिकामा संस्थापनक… […]