श्रम सम्बन्धि महत्वपूर्ण फैसलाहरुको संग्रह सार्वजनिक
काठमाडौं । प्रधानन्यायधीश हरि कृष्ण कार्कीले हरेक अदालतहरुले आफ्ना पैmसलाहरु प्रकाशन गर्ने लक्ष्य राखेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित श्रम सम्बन्धि केही महत्वपूर्ण फैसलाहरुको संग्रह २०८० विमोचन समारोहलाई सम्बोधन गर्दै प्रधानन्याधीश कार्कीले श्रम सम्बन्धि फैसलाका पुस्तक सबैलाई उपयोगी हुने विश्वास व्यक्त गरे ।
उनले पञ्चवर्षीय रणनीतिक योजनामा पनि हरेक अदालतहरुले आफ्ना फैसलाहरु प्रकाशन गर्ने भन्ने लक्ष्य राखेको र त्यो लक्ष्यलाई पछ्याउने क्रममा श्रम सम्बन्धि पुस्तक प्रकाशित भएको बताए ।
प्रधान्यायाधीश कार्कीले भने ‘ यसले निश्चित रुपमा श्रम अदालतले र श्रम सम्बन्धि विभागमा सर्वोच्च अदालतबाट प्रतिपादित्त नजिरहरुलाई समेत सामेल गरेर जुन पुस्तक प्रकाशित भएको छ । यसले योसँग सरोकार राख्ने सबै सरोकारवालहरु यो न्यायालय, कानून व्यवसायी, अनुसन्धानकर्ता, प्राध्यापकहरु, विद्यार्थीहरु लगायत सबैलाई यो पुस्तक उपयोगी हुने विश्वास गर्न सकिन्छ । ’
पारदर्शीता र निश्चितताको सिद्धान्तलाई अंगालेर श्रम अदालतले फेरि मुद्दाहरु फैसला गर्नका लागि एउटा मार्गदर्शक बन्न सक्ने बताउँदै उनले यो पुस्तकले श्रम कानूनलाई विकास गर्न मद्दत पनि गर्ने विश्वास व्यक्त गरे ।
श्रम अदालतका अध्यक्ष वासुदेव आचार्यले न्यायसँग सरोकार राख्ने न्यायकर्मीलाई यो पुस्तकले एकरुपता ल्याउनको लागि र श्रम अदालतमा कसरी काम हँदो रहेछ भन्ने कुराको जानकारी पनि दिने बताए ।